नेभिगेशन
राष्ट्रिय

मुलुकको समृद्धीबाहेक अरुकुनै स्वार्थ छैन: प्रधानमन्त्री ओली (भिडियो)

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राजनीतिक जोगी भएको बताएका छन्। गृह जिल्ला झापाको गौरादह नगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले आफूलाई कमाउने कुनै मनसाय नरहेको बताए।

उनले भने, ‘मलाई कमाउनु छैन। मौका पाएको छु काम गरेर देखाउँछु। जोगीलाई कमाउने धन्दा हुँदैन। म पनि राजनीतिक जोगी हुँ।’

आफ्नो नेतृत्वको सरकार विकासको भिजन बोकेको सरकार भएको उनले दाबी गरे। उनले भने, ‘नेपाललाई समृद्ध बनाउने अभियानमा म लागिपरेको छु। मैले ढाँट छलको राजनीति गर्नु परेको छैन, गर्दिन।’

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीबाट काम गर्नका लागि भरपूर सहयोग रहेको बताए। फरक प्रसंगमा ओलीले आधुनिक कृषि प्रणालीमा जोड दिदै अब बाँझा खेत जोतिनुपर्ने र आधुनिक कृषि प्रणाली अवलम्बन गरिनुपर्ने बताए ।

देश बिकास र समृद्धिका लागि फरक योजना बनाएर अघि बढ्ने प्रधानमन्त्री आफ्नै क्षेत्रबाट पाएको भन्दै नगरपालिकाले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।