नेभिगेशन
राष्ट्रिय

लोडसेडिङको मार खेप्नु परेको भन्दै अधिकारकर्मीको टोलिद्धारा प्रजिअ आचार्यको ध्यानार्कषण ।

हुम्लामा पछिल्लो समय हिल्दुम साना जल विधुत आयोजना वितरण केन्द्रबाट वितरित विधुत नियमित लोडसेडिङ भएको भन्दै जिल्लाका मानव अधिकारकर्मीको टोलिद्धारा प्रमुख जिल्ला अधिकारीको ध्यानार्कषण गरिएको छ ।

विगतका वर्षहरु भन्दा यो वर्ष अझ बढि विधुत आपुर्तिमा समस्या भएपछि मानव अधिकार रक्षक सञ्जालको टोलिद्धारा चैत १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा गएर प्रजिअको ध्यनार्कषण गराएको टोलिका संयोजक राजन रावतले बताए । मानव अधिकारका क्षेत्रमा आवाज उठाउनका लागि विहान मात्रै मानव अधिकारका क्षेत्रमा काम गर्ने मानव अधिकारबादी संस्थाहरुको मानव अधिकार रक्षकको जिल्ला स्तरीय सञ्जाल गठन भएको जानकारी गराउँदै ज्ञापन पत्र पेश गराइएको थियो ।

सञ्जाल गठन भए लगतै सदरमुकाम सिमकोटमा दैनिक रुपमा काम काज गर्न र व्यवसायीहरुको जिविको पार्जनमा प्रभाव पार्ने गरि बढ्दो क्रममा हिल्दुम साना जलविधुत आयोजनाले दैनिक २० घण्टासम्म लोडसेडिङ गरि रहेको भन्दै सो समितिद्धारा आपत्ति जनाइएको थियो । व्यवसायी चौपट हुनुका साथै सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीय प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

समितिका संयोजक राजन रावतका अनुसार यो समस्याले गर्दा दर्गम जिल्लाका बासिन्दाहरु उक्त समस्याबाट कहिल्यै मुक्त हुन नसकेको भनाई छ । आयोजनाको पावर हाउसमा पानीको स्रोत अति कमी भएको महसुस गर्दै तर आयोजनाले यीनै समस्या समधान गर्नका लागि बैकल्पिक पानीको स्रोत ल्याउने कार्य कहाँ पुग्यो ? मुहानमा रहेका रिर्जभार ट्याङकी प्रयोगमै नआई चुहीने समस्या आउनु जस्ता समस्यहरु रहेकोले कस्को कम्जोरी रहेको सो टोलिको भनाई रहेको छ ।

उक्त कार्यालयबाट सर्वपक्षिय बैठक बसालेर समस्या समधानको उपाया निकाल्ने प्रयास गर्न आवश्यक देखिएको छ । सो समस्यालाई चांडो भन्दा चांडो छलफल गर्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ । उक्त समितिद्धारा बुझाएको ज्ञापन पत्रको सम्मान गर्दै विधुत समस्या समधानको बैकैल्पीक विकलप रोज्नका लागि हिल्दुम साना जल विधुत आयोजनाका प्रमुखसंग समन्वय गर्ने प्रतिकृया प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।