नेभिगेशन
राष्ट्रिय

हुम्ला पुग्ने मुख्यनाका कडा गर्दै पुराना क्वारेन्टाइन र आइसोलेसन पुनः ब्युँताइने

जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्नभएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले कोभिड–१९ संक्रमणको सम्भावनालाई दृष्टिगत गरी यसअघि जिल्ला भित्रने मुख्य नाकामा राखिएका क्वारेन्टाइन र जिल्ला अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डलाई तयारी अवस्थामा राख्ने, जिल्लाका स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयले आवश्यक तयारी गर्ने, सबै स्थानीय तहको स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवा थप प्रभावकारी बनाउने, जिल्ला भित्रने मुख्य नाकामा हेस्थ डेस्क सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षा मापदण्डसहित सतर्कता अपनाउन सर्वसारधणलाई प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले आग्रह गर्नुभयो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालगञ्जबाट हुम्लामा दैनिक दिन हवाई उडान भएर यात्रुसँगै दैनिक उपभोग्य सामाग्री भित्रिने भएकाले जोखिम बढ्ने देखिएपछि सजग रहन स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम हुम्ला प्रशासनले सर्तकता अपाउन नागरीकलाई आग्रह गरेको हो ।

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र हुम्लाले कोरोनाविरुद्ध लड्न सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी आर्चायले अति आवश्यक कामबाहेक जिल्लाभित्र भीडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह सञ्चालन नगर्न आग्रह गर्नुभएको छ ।

जिल्ला भित्रीएका तथा जिल्लामै रहेका कोही कसैमा कोभिडको लक्षण देखिए अर्थात आशंका लागेमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन र जिल्लाका सातवटै स्थानीय तहमा संक्रमणको सम्भावनालाई हेरेर क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

यस्तै, मेला महोत्सव, होली, नयाँ वर्षजस्ता चाडपर्वमा भीडभाड नगर्न, मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला भित्रिनेको स्वास्थ्य परीक्षण

जिल्ला बाहिरबाट आउँदा हुम्ला भित्रने मुख्य नाकाभएर घर पुग्ने सर्वसाधरणलाई स्वास्थ्य परीक्षण गरिने भएको छ । सिमकोट बिमानस्थल, र जिल्लाको तल्लो क्षेत्रमा रहेको मुख्य नाकामा रहेका पुराना हेल्प डेस्कलाई व्युताइने भएको छ । जिल्ला पुग्ने यि तीन मुख्य नाकामा स्वास्थ्यकर्मीले ज्वरो मापन गर्ने भएका छन् भने कोरोना लक्षण देखिएमा वा आशंका लागेमा स्वास्थ्यकर्मीको निगरानीमा राखिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताउनुभयो । सिमकोट सिमानस्थलमा हवाईमार्ग भएर जिल्ला पुग्ने यात्रुलाई स्वास्थ्य परीक्षण अब नियमीत गरीनेभएको छ । हुम्लाको तल्लो क्षेत्रमा रहेका दुईवटा नाका र हवाई मार्ग भएर सिमकोट पुग्ने सिमकोट विमनस्थलमा कडाई गरीने भएको छ ।

गृह मन्त्रालयको ९ फागुनको पत्र तथा स्वास्थ्य मन्त्रालयको ८ फागुनको प्रेस विज्ञप्तिमार्फत नागरिकलाई सजग र सतर्क रही जनस्वास्थ्यको मापदण्ड पालना गराउन अनुरोध गरिएबमोजिम कोरना संक्रमण बढ्न नदिन सतर्कता अपनाउने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्र हुम्लाले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।