नेभिगेशन
राष्ट्रिय

पैदल मार्गको ४ हजार क्वीन्टल खाद्यान्न हवाई मार्गबाट ढुवानी गर्न माग

हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि नाम्खा गाउँपालिकाले हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न माग गरेको छ । रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनु पर्ने खाद्यान्न कोरोनाले नाका बन्द हुँदा ढुवानी गर्ने कार्य बन्द हुँदा गाउँपालिकाले हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न माग गरेको हो ।


नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले गाउँपालिकाका लागि केरुङ नाका हुँदै पैदल मार्गबाट खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले ब्यबस्था गरेको चार हजार क्वीन्टल खाद्यान्न नाका बन्द भएपछि ढुवानी हुन नसकेका कारण सो खाद्यान्न अब हवाई मार्गबाट ढुवानी गरेर खाद्यान्न समस्या समाधान गर्न माग गरेका छन् ।


सो खाद्यान्न पैदल मार्गबाट तिब्बत हुँदै हिल्सादेखि याल्वाङसम्म ढुवानी गर्नका लागि सप्लायर्स पनि छनौट भई सकेको थियो । तर त्यो खाद्यान्न हालसम्म पनि ढुवानी हुन सकेको छैन । ४५ रुयिाँमा प्रतिकेजी खाद्यान्न ढुवानी गर्न सकिने भएपछि नाम्खा गाउँपालिकाका लागि लिमिटेडले खाद्यान्न सो मार्गबाट ढुवानी गर्ने गरेको थियो । उत्पादन कम हुने नाम्खा गाउँपालिकामा खाद्यान्न चीनको ताक्लाकोटमा निर्भर रहनु पर्नेमा कोरोना पछि हिल्सा नाका बन्द हुँदा कुनै पनि खाद्य सामग्रि एक वर्ष यता ढुवानी नभएका कारण अब खाद्यान्न समस्या हुने अबस्था आएको छ ।


केरुङबाट ढुवानी हुने अबस्था नरहेकोले गाउँपालिकाको कोटाको खाद्यान्न समयमै हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न गाउँपालिकाका अध्यक्ष लामाले लिमिटेडसंग माग गरेका छन् । सो खाद्यान्न पैदल मार्गबाट ढुवानी हुन सक्ने अबस्था नभएपछि जिल्ला खाद्य व्यबस्था समिति समेत निर्णय गरेर हवाई मार्गबाट ढुवानीको ब्यबस्था गर्न निर्णय गरेर लिमिटेड केन्द्रमा पठाई सकेको लिमिटेडको हुम्ला शाखाका प्रमुख निर्मल कुमार थापाले बताए । लामो समयसम्म चार हजार खाद्यान्न आइ नपुगेछि नाम्खाका स्थानीय नागरिकहरु खाद्यान्न भोकमारीको चपेटामा पर्न सक्ने स्थानीयको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।