नेभिगेशन
राष्ट्रिय

कर दाता शिक्षा तथा अन्तरकृया कार्यक्रम

कर दाता शिक्षा तथा अन्तरकृया कार्यक्रम गरिएको छ । अन्तरिक राजस्व कार्यालय सुर्खेतको आयोजना र उद्योग बाणिज्य संघ हुम्लाको समन्वयमा चैत १४ गते सो कार्यक्रम सञ्चलन गरिएको हो । हुम्ला जिल्लाका करदाताहरुसंग अन्तरकृया तथा सामान्य छलफलका लागि सुर्खेतबाट कर अधिकृत खडा नन्द खत्रीको नेतृत्वमा आएको टोलिद्धारा करदाताहरुसंग एक दिने गोष्ठि कार्यक्रम राखिएको उद्योग बाणिज्य संघका कार्यालय सचिव कर्ण बहादुर शाहीले बताए ।

विकट जिल्ला हुम्लाका व्यवसायी तथा करदाताहरुसंग एक आपसमा नवुझेका कुराहरु सियर गर्न र करचुक्ताको प्रमाण पत्र नविकरण गर्नका लागि कुन माध्यबाट सजिलो हुन्छ त्यसको उपाया खोज्ने उदेश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नरबहादुर रोकायाले बताए ।

त्यस्तै जिल्लाका करदाताहरुको जिज्ञासा र अवस्था लगायत हुम्लामा व्यवसायीहरुले करचुक्ता प्रमाणपत्र उपलव्ध गर्दा कस्ता किसिमका समस्या भोगका छन र यसलाई कुन तरीकाको माध्यमबाट लैजाने लगायत यहाँका विभिन्न व्यक्तित्व तथा व्यवसायीहरुसंग समन्वयात्मक गर्न सकिन्छ भन्दै एक दिने करदाता शिक्षा तथा अन्तरकृया कार्यक्रम राखिएको कर अधिकृत खडा नन्द खत्रीले बताए ।

कार्यक्रममा उपस्थित सम्पुर्ण करदाताहरुले व्यवसायीका क्रममा जिल्लामा उत्पन भएका विषयको माग तथा व्रिफिङ र सुझवका रुपमा पनि छलफल समेत गरेका थिए । अन्तरक्रिया कार्याक्रममा उठेका विभिन्न कुराको सम्वोधन गदै उदोग बाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्ग्याल तामाङले हुम्ला जिल्ला भौगोलिक विकड्ता भएको हुँदा पनि भनेको वेलामा उपभोग्य समग्रिको उपलव्ध गराउन नसकिने अवस्था रहेको बताए ।

यति मात्रै नभई एउटा सामान माग गर्नु पर्दा पनि अझैसम्म हवाई जहाजको प्रतिक्क्षामा बस्नु परेको गुनासो गरेका थिए । जिल्लाका सम्पुण करदाताहरुले आफ्नो सामान्य व्यवसायीलाई टिकाएर भए पनि राजस्व करचुक्ता भने गर्दै आएको अध्यक्षको भनाई छ ।

जिल्लामा जहाजले ल्याएको सामानका कारण भाडा महंगो भएर पनि उपभोक्ताहरुले सामग्रिहरु किनेर खाएको तितो अनुभव गरेका थिए । अध्यक्ष तामाङले भने हुम्लामा करचुक्ता प्रमाणपत्र निकाल्नका लागि समेत नेट इन्टरनेटले काम नगर्दा समस्या झेल्दै आएको औँल्याएका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।