नेभिगेशन
राष्ट्रिय

पर्यटकलाई दर्शन गर्न प्रतिक्षा गृह बन्दै

हुम्लाको नाम्खा गाउँपालिका वार्ड नम्वर ६ को लिमि लाप्चामा पर्यटकहरुको दर्शनका लागि पबित्र धार्मिक स्थल प्रतिक्षा गृह बन्ने भएको छ ।
मानसरोवर कैलाशको दर्शन गर्न सकिने नेपाली भुमी पर्यटीकय स्थल लाप्चामा प्रतिक्षा गृह बन्ने भएको हो । लाप्चा क्षेत्रमा मानसरोवर कैलाशको दर्शन गर्दा हावा हुरी, असिना पानी आउने भएका कारण त्यसबाट पर्यटकलाई जोगाउन उक्त गृह बन्न लागेको हो ।


लिमिको लाप्चामा पर्यटकहरुलाई मानसरोवर कैलाशको दर्शन गर्न सहज होस भन्ने उदेश्यका साथ सुबिधा सम्पन्न प्रतिक्षा गृह बन्ने भएको नाम्खा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाले बताए । सो क्षेत्रमा धेरै हावहुरी लाग्ने भएका कारण पर्यटकहरुलाई कैलाश मानसरोवरको दर्शन गर्न कठिन हुने भएपछि सहज होस भन्नका लागि गाउँपालिकाले प्रतिक्षा गृह बनाउन लागेको अध्याक्ष लामाको भनाई छ ।


प्रतिक्षालयमा बसेर पर्यटकहरुले सजिलैसंग दर्शन गर्न सकोस भन्दै प्रतिक्षा गृह बनाउन लागेको हो । अहिले पर्यटकहरुले मानसरोवर कैलाशको दर्शन हावा लाग्ने खुला स्थानबाट गर्दै आएका छन् । यसका लागि गाउँपालिकाले बजेटको ब्यबस्था समेत गरि सकोको छ । लाप्चामा प्रतिक्षा गृहसंगै सो क्षेत्रमा भ्यू टावर बनाउने कार्यक्रम समेत गाउँपालिका स्रोतले जनाएको छ ।


यसअघि हुम्लावासीले मात्र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने गरेका थिए भने यो वर्षबाट भारतीय पर्यटकहरुले समेत लिमिकै लाप्चाबाटै दर्शन गर्न सुरु गरि सकेका छन् । गत असोज यता दुई वटा समुहले लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरेको छ । यसवर्ष लाप्चाबाट मानसरोवरको दर्शन गर्ने भारतीय र आन्तरिक पर्यटकहरुको संख्यामा बृद्धि हुन सक्ने सांकेत देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।