नेभिगेशन
राष्ट्रिय

फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्रि सहयोग 

गुड नेभर्स इन्टरनेस्नल नेपाल हुम्लाद्धारा शैक्षिक सामग्रि सहयोग गरिएको छ । सिमकोट गाउँपालिका वार्ड नम्वर ५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङगता आवसिय विद्यालयका विद्यार्थीहरुलाई सो संस्थाद्धारा शैक्षिक सामग्रि हस्तान्त्रण गरिएको हो ।


गुड नेभर्स नेपाल हुम्लाको ३० औँ स्थापना दिवसको उपलक्ष्यमा शैक्षिक सामग्रि हस्तान्त्रण गरिएको गुड नेभर्स नेपाल हुम्लाका कार्यालय प्रमुख विरेन्द्र चौधरीले बताए । सोही विद्यालयका फरक क्षमता भएका ३३ जना विद्यार्थीहरुलाई केही राहत होस भन्ने उदेश्यका साथ शैक्षिक सामग्रि वितरण गरिएको प्रमुख चौधरीको भनाई छ ।


चैत १५ गते विहान ८ वजे हिमाली बहिरा तथा बौद्धिक अपाङगता विद्यालयकै प्रङगाडमा एक कार्यक्रमका विच सो सामग्रि सहयोग गरिएको थियो ।
प्रमुख चौधरीका अनुसार प्रति विद्याथी १० वटा कपी र दुई वटा कलम समेत सहयो गरिएको प्रमुख थियो । शैक्षिक सामग्रि हस्तान्त्रण कार्यक्रम सिमकोट गाउँपालिका वार्ड नम्वर ५ का वडा अध्यक्ष कृष्न बहादुर बोहराको अध्यक्षतामा वितरण गरिएको हो ।


गुड नेभर्स इन्टर नेस्नल नेपाल हुम्लाले आफ्नो स्थापना दिवसको अवसर पारी फरक क्षमता भएका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस भन्ने उदेश्यका साथ सो सामग्रि सहयोग गरिएको प्रमुख चौधरीले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।