नेभिगेशन
राष्ट्रिय

दुई घरको विचमा भेटिएको बम नेपाली सेनाको टोलिद्धारा डिस्पोज

सिमकोट गाउँपालिका वार्ड नम्वर २ को ठेहे गाउँको विच गाउँमा रहेको दुई वटा घरको साँतमा चैत १५ गते बम भेटिएको छ । विज गाउँमा रहेको दुई वटा घरको साँतमा बम भेटिए लगतै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खवर गरेपछि उक्त बमलाई निग्रानीमा राखि नेपाली सेनाको बम डिष्पोजल टोलिद्धारा सोही दिन द्धय बम डिष्पोज गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्व सर्माले बताए ।


दुई वटा पुराना घरहरुलाई निर्माणका क्रममा भेटिएका द्धय बम मध्य एउटा सुतली बम रहेको छ भने अर्को सकेट बम रहेको प्रहरीले जनाएको छ ।
२०६१ को जन आन्दोलमा राखिएको बमसंगै पुरानो जन आदेश भन्ने पत्रिका समेत सोही बमसंगै भेटिएको प्रहरीले जनाएको हो ।

उक्त पत्रिका २०६१ साल चैत २ गतेको मिति समेत लेखिएको छ । बम समेत सो पत्रिका पनि एउटै पलास्टीमा भेटिएको थियो । ठेहे गाउँका स्थनीय तुला रावल र लोग भण्डारीको घरको विच भागमा भेटिएको द्धय बमलाई सोही दिन नेपाली सेनाका सुपदार केदार थापाको नेतृत्वमा गएको टोलिद्धारा बम भेटिएको स्थानको करीव ५ सय मिटर टाढाको खोलामा लगेर सो बम डिस्पोजल गरिएको उपरिक्षक सर्माले बताए ।

एपरिक्षक सर्माका अनुसार पुरानो घरलाई भत्काएर नयाँ घर बनाउने क्रममा आजै विहान ८ वजेको समयमा सो बम भेटिएको थियो । उक्त स्थानमा भेटिएको सुतली र सकेट बमलाई विहानैबाट ठेहे प्रहरी चौकीले निग्रानीमा राखेर सोही दिन बेलुका ४ वजेको समयमा डिस्पोजल टोलिद्धारा डिस्पोज गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।