नेभिगेशन
राष्ट्रिय

हावा हुरीले मण्डाल्ली प्रसोधन केन्द्र र मष्टादेवको छानो उडायो

हुम्लाको तल्लो क्षेत्रमा शुक्रबार लगातार चलेको हावाहुरीले विभिन्न क्षेत्रमा क्षेति गरेको छ ।

शुक्रबार दिनभर चलेको हावाहुरीले अदानचुली गाउँपालिकामा क्षेति गरेको हो । अदानचुली २ मा रहेको मष्टादेव प्राथामिक विद्यालय भवन र वडा चारमा रहेको मण्डाल्ली अल्लो प्रसोधन केन्द्रको जस्तापाताको छानो उडाएर क्षेति गरेको छ ।

शुक्रबारको मध्यान्नहको समय बाट अत्याधीक चलेको हावा हुरीले मष्टादेवको ३ कोठे भवनको पूर्व तिरको टिनको जस्तापाता उडाएको छ ।

पूर्व बाट लागेको हावाको वेगले झट्का दिए पश्चात ३ कोठाका ३० वटा जस्तापातामा क्षेति बनाएको छ । तुँवालोका कारण विद्यालय बन्द रहेपछि पठन पाठन नभएका बेला टीनको जस्तापाता उडाय पछि अन्य क्षेती भने नभएको विद्यालय स्रोतले जनायको छ ।

उतm भवनको एक कोठामा पुरानो विद्यालयको डेक्स बेन्च राखीएको थियो भने अर्को एक कोठा जिर्ण रहेको थीयो, तर बाल विकाशका बालबालीका लाई पनि सोही भवनको एक कोठामा पठन पाठन गराईदै आएको थियो ।

गाउँपालीकाको दोस्रो गाउँसभाले विनीयोजीत गरेको रु १५ लाखको लागतमा ठेक्का मार्फत उक्त भवनको निर्माण गरीएको थियो । आर्थीक वर्ष २०७५।७६ को बजेट मार्फत ३ कोठे भवन निर्माण हुँदा नियम सम्बद रुपमा भत्काउन नमिले पछि काम चलाउ रुपमा रहेको थियो ।

उतm विद्यालयमा नै आर्थीक वर्ष २०७६।७७ मा प्रदेस र स्थानीय तह बाट ३।३ कोठे २ बलक रहेका छन । उतm कोठामा पठन पाठन गराउदै आएको छ ।

यस्तै शुक्रबार चलेको हावा हुरीका कारण वडा ४ को पाम्समा रहेको मण्डाल्ली अल्लो प्रसोधन केन्द्रको टिनको छानो उडाएको छ । एक्कासी लागेको हावा हुरीले उक्त प्रसोधन केन्द्रको करीव रु १५ लाखको प्रसोधन मेसिनमा समेत क्षेती गरेकोे सोही उद्योगका सञ्चालक सुझाव ढकालले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो २ वजेको समयमा लागेको हवाले तीन कोठे भवनको टिनको जस्तापाता हावाले उडाएर टाढा टाढा पुराएको ढकालले गुनासो गर्नुभयो ।

उक्त प्रसोधन केन्द्रको भवनको टिन उडाएपछि उद्योग सञ्चालक ढकाल जिल्ला प्रसासन कार्यालयमा पुग्नु भएको थियो । क्षेती भएको प्रसोदन केन्द्रको सामाग्री र मेसीनकोे प्रहरी मुचुल्का गरि दिनका लागि प्रहरी प्रशासन कार्यालयलाई अनुरोध गरेको बतानुभयो । हावाहुरीले जस्तापाता बडाएपछि अहिले प्रशोधन सञ्चालन ठप्पठ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।