नेभिगेशन
राष्ट्रिय

नेपाल पत्रकार महासंघको हुम्ला अध्यक्षमा राजन रावत विजयी

नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन् । बुधबार भएको चुनावबाट रावत निर्वाचित भएका हुन् ।
बिहीबार भएको मत गणनामा रावतले कुल खसेको २९ मत मध्ये २० मत पाएको महासंघको जिल्ला निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताए । अध्यक्षका अर्का प्रत्यासी अर्जुन बोहराले ९ मत प्राप्त गरेका छन् ।

त्यसैगरि वरिष्ठ उपाध्यक्षमा राजबहादुर शाही १९ मत ल्याएर विजयी भएका छन् । उनका अर्का प्रत्यासी मिमसिंह नेपाली १० मत ल्याएको निर्वाचन कमिटिले जनाएको छ । सचिवमा नन्द सिंह १८ मत ल्याएर बिजयी भए भने अर्का प्रत्यासी नरजन तामाङले ११ मत पाए ।

कोषाध्यक्षमा १८ मत ल्याएर सुरेश परियार, दलित सदस्यमा १८ मत पाएर दलसरा परियार विजयी भएका छन् ।

महिला उपाध्यक्षमा कुशुम बुढा यसअघि नै निर्विरोध निर्वाचित भएकी थिईन् । त्यसैगरि सहसचिवमा अशोक भण्डारी र छपाल लामा पनि निर्विरोध चयन भएका थिए । सदस्यमा दाने बोहरा,बेलुमाया महतारा, भक्तराज ऐडी, लोग भणडरी,  पदमराज हमाल चयन भएका छन् । उनीहरु पनि निर्विरोध भएका हुन् ।

निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी बिच सहकार्य भएको हो । त्यस्तै केन्द्रीय परिषद सदस्यमा नवराज महतारा र जनक शाही निर्विरोध निर्वाचित भएका छन् । यस्तै प्रदेश परिषद सदस्यमा काली बहादुर थापा पनि निर्विरोध चयन भएका हुन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखामा ३३ जना पत्रकार आवद्ध भएपनि २९ जनाले मतदान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।