नेभिगेशन
खार्पुनाथ

खार्पुनाथ गाउँपालिकामा स्त्रीरोगसम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्रीरोगसम्बन्धि स्वास्थय शिविर आज सम्पन्न भएको छ ।

वडा एक देखि पँच सम्म रहेको खार्पुनाथ गाउँपालिकामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट ९८ जनाको भिडियो एक्सरे, र ६६ जनालाई इम्प्लान्ट सेवा प्रदान गरीएको हो । गाउँपालिकाको आयोजनामा तालिम प्राप्त स्वास्थ्यहरुको सहयोगले एक हप्ता सम्म सञ्चालन भएको शिविरमा प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गरेको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले बताए ।

वडा एक लालि स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवाबाट ३३ जना गर्भवती महिला, इम्प्लान्ट १३ जना, वडा दुई र तीन थाली, राया स्वास्थ्यचौकीमा भिडियो एक्सरे २५ जना, इम्प्लान्ट सेवा २९ जनालाई प्रदान गरीएको छ ।

यस्तै वडा चारमा रहेको छिप्रा स्वास्थ्यचौकीमा १५ जना भिडियो एक्सरे, इम्प्लान्ट सेवा ६ जना तथा वडा पाँचमा रहेको खार्पुनाथमा भिडियो एक्सरे २५ जना, र इम्प्लान्ट सेवाबाट १८ जना गरेर भिडियो एक्सरेबाट ९८ जना महिला र ६६ जना महिलाले इम्प्लान्टबाट सेवा लिएको संयोजक शाहीले जानकारी दिए ।

खार्पुनाथ गाउँपालिकामा एक हप्ता सम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट खटिएका डाक्टर डियर गजमेर र सिनियर अनमि सरिता बोहराले गाउँमै पुगेर सेवा प्रदान गरेका हुन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयको टोलीले गाउँमै पुगेर स्त्रीरोगसम्बन्धी सञ्चालन भएको स्वास्थ्य शिविरमा अल्ट्रासाण्ड, आई.यू.सि.डि. र इम्प्लान्ट सेवा प्रदान गरीएको हो ।
साथै शिविरमा महिलाको पाठेघर, गर्भवती, परिवारनियोजको अस्थाइ साधन तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको शिविरमा खटिएका सिनियर अनमि सरिता बोहराले जानकारी दिइन् । पछिल्लो समय यहाँका महिला गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्