नेभिगेशन
राष्ट्रिय

लिमिटेट हुम्ला शाखाका लागि ७ हजार क्वीन्टल खाद्यान्न स्वीकृत

खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेट हुम्ला शाखाका लागि ७ हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ । हुम्ला जिल्ला शाखा कार्यालयद्धारा माग गरे अनुसार सो खाद्यान्न स्वीकृत भएको खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेट हुम्ला शाखाका नायव सुव्बा भरत अधिकारीले बताए ।


सुव्बा अधिकारीका अनुसार आर्थिक वर्ष २०७७।७८ का लागि खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेट हुम्ला शाखाले गत फागुन २६ गते खाद्य व्यवस्था तथा व्यपार कन्पनि लिमिटेट बिक्रि वितरण विभाग प्रधान कार्यालय काठमाण्डौँमा अनुरोध गरेपछि सो खाद्यान्न स्वीकृत भएकाे हो ।


“उनले भने” शाखा कार्यालय सिमकोटका लागि केन्द्रलाई १४ हजार क्वीन्टल खाद्यान्न माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्र अनुसार जम्मा ७ हजार क्वीन्टल मात्रै स्वीकृत भएको छ । तर विगतका वर्षहरु भन्दा यतिवेला अहिले सम्मकै पहिलो पटक धेरै खाद्यान्न स्वीकृत भएको उनको भनाई छ ।
सो खाद्यान्न स्वीकृत भएको परिपत्र शाखामा उपलव्ध भई सकेको छ । स्वीकृत भएको खाद्यान्न सुर्खेतबाट ढुवानी हुने सुव्बा अधिकारीले बताए । माग अनुसार स्वीकृत भएको खाद्यान्न सिता एयरले ढुवानी गर्ने भएको छ ।


ढुवानीका लागि सिता एयरलाई जानकारी गरि सकेको र अवको केही दिनदेखि नियमित रुपमा सो खाद्यान्न ढुवानी गर्ने भएको सिता एयरका सिमकोट स्टेशनका सहायक इन्चार्ज सुर्य लामाले बताए ।
हुम्लामा खाद्यान्नका लागि हानथाप र जहिले पनि समस्या हुन्थ्यो, तर याे वर्ष भने खासै त्यती समस्या नहुने सुव्बा अधिकारीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।