नेभिगेशन
ताँजकोट

ताँजाकोटमा जिप दुर्घटना हुँदा चार जना घाइते

दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गाउँपालिका केन्द्र छप्रेलाबाट मैला गाउँ जाने क्रममा रोकिएको उक्त जिप अचानक गुड्दा दुर्घटना भएको हो ।

शनिबार राति ११ बजे छप्रेलाबाट मैला गाउँमा जाने तयारी अवस्थामा रहेको र सडकमा रोकिएको बा १८ च ३९५१ नम्बरको बोलेरो जिप एक्कासि गुड्दा सडकको भित्तामा ठोकिएर पल्टिँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरमबा शर्माले जानकारी दिनुभयो । तीनजनालाई स्थानीय स्वास्थ्यचौकी र एक जनालाई कोल्टीमा लिएर उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

दुर्घटनाबाट घाइते हुनेमा ताँजाकोट गाउँपालिका ३ की १३ वर्षीया सरिता नेपाली, सोही वडाकी ७ वर्षीया गीता नेपाली, वडा नम्बर ५ का २७ वर्षका रवीन्द्र नेपाली र वडा नम्बर २ का ३६ वर्षका जानदत्त जैसी छन् ।

घाइतेमध्ये सरिता बेहोस रहेको र उनको स्वास्थ्य चौकीमा सामान्य उपचारपछि बाजुरा जिल्लाको कोल्टीमा रिफर गरिएको छ । घाइते रवीन्द्रको टाउकामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेभएका सबैको अवस्था सामान्य रहेको र उनिहरुलाई डिस्चाजर्ज गरीएको जिलला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप ताँजकोट
पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी (पाखी)ले सम्मान गरेको...
यस्तो छ, ताँजाकोट गाउँपालिकाको ३८ करोडको बजेट

यस्तो छ, ताँजाकोट गाउँपालिकाको ३८ करोडको बजेट

संघीय वित्तियसमान्निकरण अनुदान ६ करोड १९ लाख, संघीय शर्सत अनुदान १४ करोड ९१ लाख ९१ हार, संघीय विषेश अनुदान १ करोड ५० लाख र संघीय राजस्व बाँडफाडमा ५...