नेभिगेशन
राष्ट्रिय

तीन वर्षको औषतमा हुम्ला अदालतद्धारा ६० वटा मुद्दा फस्र्यौट

जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षको हालसम्म ६० वटा मुद्दाको फैसला गरेको छ । अदालतबाट प्राप्त विवरणअनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल एक सय १४ मुद्दा दर्ता भएको बताइएको छ ।

अघिल्लो आवमा सरेर आएको मुद्दा संख्या ६१ रहेको छ भने चालु आवमा नयाँ ५३ वटा गरेर अदातलतमा दर्ता भएका एक सय १४ वटा ११ मुद्दा मध्ये ६० वटा फस्र्यौट भइसकेको जिल्ला अदालत हुम्लाका श्रेष्तेदार मदनराज भट्टराईले बताउनुभयो । देवानी तर्फ जिम्मेवारी सरेको २७, नयाँ दर्ता भएका २५ वटा गरेर जम्मा ५२ वटा मुद्दा मध्ये ३० वटा फस्र्यौट भएका छन् भने २२ वटा फैसला हुँन बाँकी रहेका छन् ।

सरकारवादी मुद्दा जिम्मेवारी सरेका २६, नयाँ दर्ता भएका १५ गरेर जम्मा ४१ वटा मुद्दा मध्ये १७ वटा फस्र्यौट भएका छन्, भने २४ वटा मुद्दा बाँकी रहेको जिलला अदालत हुम्लाका भट्टराईले बताए । दुनियावादी फौजदारी तर्फ जिम्मेवारी सरेका आठ , नयाँ दर्ता १० गरेर १८ वटा मध्ये १३ वटा फैसला भएको र ५ वटा मुद्दा बाँकी रहेका छन् । यस्तै पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी रहेको छ ।

जिल्ला अदालत हुम्लाले तीन वर्षको औषतमा दर्ता भएका मुद्दाको आधारमा हालसम्म ६८ दशमल ४ प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएको छ । यस्तै जिल्ला अदालत हुम्लामा आठ वटा बालबालिका सम्बन्धि मुद्दा दर्ता भएको थियो भने यस मध्ये चारवटा फैसला भईसकेको छ भने बालबालिकाको संख्या ११ वटा रहेको जानकारी प्राप्त भएको छ । यस्तै दुई जना बालबालिकालाई सुधार केन्द्रमा राखिएको समेत बताइएको छ । यस्तै जेष्ठ नागरीक सम्बन्धि कुनै पनि मुद्दा नपरेको जिल्ला अदालत हुम्लाले जानकारी दिएको छ ।

जिल्ला अदालत हुम्लामा बालबालिका बाहेक अन्य थुनुवा रहेका नौ वटा मुद्दा चालुमा रहेको छ भने मानिसको संख्या दश रहेको जिल्ला अदालतका श्रष्तेदार भट्टराईले जानकारी दिए ।

यस्तै जिल्ला अदालत हुम्लाका न्यायधिश जगत बहादुर पौडेलले अदालतको काम प्रति नागरीकको बुझाईमा कमि भएको र शिक्षित तथा जाने बुझेका वर्गले पनि कुन तरिकाले बुझेका हुन् त्यो जानकारी आउन नसकेको बताए । अदालतले कानुन संम्वत काम गर्ने भनाई रहेकोम छ ।

जिल्लामा कार्यरत सञ्चारकर्मीहरु सँग भरखरै सरुवाभएर हुम्लाला पुगेका जिलला न्याधिश जगत बहादुर पौडेलले परिचयात्म कार्यक्रम राखेका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।