नेभिगेशन
राष्ट्रिय

गाउँपालिकाको सिफारिस बिलम्ब हुँदा हुम्लामा गर्भवती महिलाको ज्यान गयो

हवाई उद्धारका लागि जिल्लाको चंखेली गाउँपालिकाले समयमा सिफारिस दिन नसक्दा एक जना महिलाको अकालमा ज्यान गएको छ । गएको तिन दिन देखि प्रसुति व्यथाको पिडा लागेकी चंखेली–५ नेप्काकी ३७ वर्षिय वेल्कु तामाङलाई थप उपचारका लागि सुर्खेत लिन आवश्यक गाउँपालिकाको सिरफारिस दिन ढिलाई भएपछि चैत ३० गते (आइतबार) उनको घरमै ज्यान गएको स्थानीय मदन तामाङले जानकारी दिए ।


गाउँमा उपचार नहुने भएपछि हामीले उहाँलाई थप उपचारका लागि सुर्खेत ल्याउने योजना अनुसार विभिन्न निकायमा आज बिहानै देखि खबर गर्यौं’ उनले भने, ‘गाउँपालिकाका अध्यक्षको फोन अफ भएको र अन्य कर्मचारी सम्पर्कमा नआएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रममा प्रक्रिया गर्न भएको ढिलाईका कारण हेलिकोप्टर नउठ्दैं गाउँमा उहाँको ज्यान गयो ।’ उनका अनुसार स्थानीय नेप्का आधारभूत स्वास्थ्य केन्द्रले आउँदो वैशाख दोस्रो साता अन्तिम डेलिभरी डेट (मिति) दिइएकी तामाङलाई तीन दिन अगाडी देखि प्रशव पिडा शुरु भएपनि घरमै राखेर सामान्य उपचार गरिएको थियो ।


तामाङको स्वास्थ्य अवस्था नाजुक भएको खबर पाउने बित्तिकै आफूले हवाई उद्धारका लागि पहल गरेको भएपनि समयमा गाउँपालिकाको सिफारिस नआएका कारण उनको ज्यान बचाउन नसकेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमूख प्रेमबहादुर सिंहले जानकारी दिए । कार्यालयको कामले कर्णाली प्रदेश राजधानी सुर्खेतमै रहेका सिंहले भने, ‘तीन दिन अगाडीको केस रहेछ हामीलाई आज (आइतबार) बिहान मात्रै खबर आयो ।’


खबर आउने वित्तिकै आफूले जिल्ला प्रशासन कार्यालय र राष्ट्रपति महिला उद्धार कार्यक्रममा समेत समन्वय गरेको बताएका प्रमुख सिंहले थपे, शुरुमा उद्धार गरिने महिला भएको सम्बन्धित गाउँपालिकाको सिफारिस र निर्णय नभए नेपाली सेनाको हेलिकोप्टर पाठउन नसकिने प्रक्रियागत झण्झटले चंखेली गाउँपालिकाको सिफारिस आउन ढिला गरेकाले बिडम्बना वेल्कुलाई बचाउन सकिएन ।’


हवाई उद्धारका लागि राष्ट्रपति उद्धार कार्यक्रमले स्थानीय तहको पुष्ट्याई नभइ स्विकृत नगर्ने भएकाले पनि समस्या हुने गरेको जनस्वास्थ्य अधिकृत सिंहले स्विकार गरे । मृत्यु भएकी तामाङका ५ वटा छोरा र श्रीमन छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।