नेभिगेशन
राष्ट्रिय

स्वास्थ्यसंग मर्च भएको आयुर्वेद स्वास्थ्य केन्द्र छुटियो

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयसँग मर्च भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चैत ३० गतेबाट आफ्नो छुट्टै साइनबोर्ड राखेको छ । कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र आयुर्वेद कार्यालयलाई मर्च गरेको भएपनि काम गर्न असहज भएको भन्दै कर्णाली प्रदेश सरकारले आफूखुसी स्वास्थ्य संस्थालाई मर्ज गरेको निर्णयलाई कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको थियो ।


संघीय निजामति सेवा ऐन तथा प्रदेश निजामति सेवा ऐन बनेर लागु नभएकाले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन नगराउन अदालतले अन्तरिम आदेश जारी गरेको अयुर्वेद शाखा हुम्लाका प्रमुख कृष्ण चन्द जोसीले बताए ।
प्रदेश सरकारले ०७६ भदौ ६ गते साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुलाई जनस्वास्थ्य सेवा कार्यालय मातहत मर्ज गरेको गर्ने निर्णय गरेको थियो ।

सो निर्णयका विरुद्ध नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र मेडिकल ल्याब्रोटरी एसोसिएसन अफ नेपाल कर्णाली प्रदेशका अध्यक्षले गएको बुधबार उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । हुम्ला शाखाका जोसीका अनुसार आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सा पद्धति पनि मानिदै आएको छ ।

आयुर्वेद चिकित्साको मौलिक परम्परा, र हुम्ला सहित देशभर प्रशस्त पाइने जडिबुटीहरूको औषधीय प्रयोगले नेपालमा महत्वपूर्ण स्थान लिएको छ । नेपाल सरकारको आयुर्वेद चिकित्सा पद्धति प्रतिको प्रतिबद्धतालाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने उद्देश्यले आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले यहाँका नागरीकलाई विभिन्न किसिमका घरेलु देखि अन्य सेवा दिदै आएको प्रमुख जोसीले जानकारी दिए । उक्त कार्यालय छुट्याए लगतै बवदेखि आफ्नै तरिकाले सञ्चालन हुने जोसीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।