नेभिगेशन
राष्ट्रिय

पत्रकार महासंघ हुम्लाको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न

नेपाल पत्रकार महासंघ हुम्लाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज बसेको छ । नेपाल पत्रकार महासंघ हुम्लाका नवनिर्वाचित अध्यक्ष राजन रावतको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा विभिन्न विषयमा छलफल गरिएको छ ।

बैठकमा नेपाल पत्रकार महासंघको कोषाध्यक्ष सुरेश परियारको संयोजकत्वमा छपाल लामा, भक्तराज ऐडि सदस्य रहने गरी कार्य सञ्चालन गर्न घरभाडाको लागी कोठा खोज्ने, नवनिर्वाचीत कार्य समितीसँग जिललाका सरोकारवाला निकार्य प्रमुख तथा प्रतिनिधिसँग परिचय कार्यक्रम राख्ने निर्णय गरीएको सचिव नन्द सिंहले जानकारी दिए । यस्तै सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७÷८८ मा हुम्ला जिल्लाका सञ्चारकर्मीहरुका लागी तर्जुमा गरेको क्षमता विकास कार्यक्रम बैशाख महिनाभित्र सञ्चालन गर्नुका साथै गाउँपालिकासँग आवश्यक माग तथा प्रस्तानव पेश गर्ने निर्णय गरीएको छ ।

राष्ट्रिय बाणिज्य बैंकमा रहेको नेपाल पत्रकार महासंघ शाखाको खाता नवनिर्वाचित अध्यक्ष राजन रावत र कोषाध्यक्ष सुरेशको नाम रहने गरी संयुक्त हस्ताक्षेरमा खाता सञ्चालन गर्ने निर्णय गरीएको महासंघका सचिव सिंहले बताए । जिल्ला शाखाका सम्पुर्ण नयाँ कार्य समिती सदस्यहरुको व्यक्तिगत विवरण खुल्ने र एक प्रति फोटो चाडो माग गरेर परिचयपत्र बनाउने निर्णय गरीएको छ ।

गत चैत २५ गते सम्पन्न महासंघको निर्वाचनमा खटिएका निर्वाचन समिती,सुरक्षाकर्मी,हल उपलब्ध गराउने जिल्ला समन्वय समितीका साथै पूर्वपदाधिकारी, अन्य सरोकारवाला निकायलाई धन्यवाद दिने निर्णय गरीएको महासंघका सचिव सिंहले जानकारी दिए । साथै कार्यलयको व्यवस्थापनलगायत अन्य विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।