नेभिगेशन
राष्ट्रिय

कैलाश आधारभूत विद्यालय प्युसको विवाद टुङगियो

कैलाश आधारभूत विद्यालय प्युसको विवाद टुङगो लागेको छ । खार्पुनाथ गाउँपालिका वार्ड नम्वर १ को प्युसमा रहेको कैलाश आधारभूत विद्यालयको प्रअ नियुक्तिको विवाद र विद्यालय ताला बन्दीको विषयमा वैशाख ४ गते (शनिवार) जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले टुङगो लगाएको हो ।


प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा बसेको वैठकले दुईवटा निर्णय गरेको छ । गार्पुनाथ गाउँपालिका र विद्यालय व्यवस्थापन समिति दुवैले गरेको निर्णय वर्तमान शिक्षा नियावाली विपरीत देखिएकोले दुवैको निर्णलाई खारेज गर्दै रिक्त रहेको प्रअका लागि प्रचलित शिक्षा ऐन तथा नियावाली भित्र रहेर एक हप्तामै प्रअ नियुक्ति गर्ने र गत चैत २९ गतेबाट बन्द भएको विद्यालय वैशाख ६ गते (आइतबार) वाट खोलेर सञ्चालनमा ल्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।



जिल्ला प्रशासन कार्यालयमा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, उपाध्यक्ष रुपा शाही, वडाध्यक्ष मकुसिंह बुढा, प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाही, गाउँपालिका शिक्षा शाखाका प्रास कृष्ण आचार्य लगायत विवादीत द्धोय शिक्षकहरुको उपस्थितीमा बैठक बसि निष्र्कषमा टुङगिएको बताइएको छ । 

दुवै पक्षको आन्तरीक समस्या र नियमवद्ध त्रुटिका कारण सो विद्यालय बन्द भएको हुन सक्ने आशंका गरिएको छ । करीव ७ दिनदेखि विद्यालयमा ताला बन्दी गर्दा सोही विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा प्रभावित भएको स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।