नेभिगेशन
राष्ट्रिय

मार्सी धान फल्ने खेत बाँझै रहेपिछ कृषकहरुलाई चिन्ता

सडक बनाउँदा कुलो भत्किएपछि सिमकोट गाउँपालिका वार्ड नम्वर १ र २ मा पर्ने ग्याग्रु जिउलामा मार्सि धान फल्ने सम्भावना कम भएको स्थानीयले गरेका छन् । डोजरले सडक बनाउने क्रममा सो जिउलामा धानको बीउ राख्ने समयमा कुलो भत्किएपछि ग्याग्रु जिउलाको ४० रोपनी खेत बाँझो रहेने भएका छन् ।


कुलो भत्किएपछि सबै काम रोकिएको र खेत हालसम्म बाँझै रहेको वार्ड नम्बर २ का जस भण्डारीले बताए । हिउँदमा गहुँ, उवा छर्ने र जेठ, असारमा धान रोप्ने खेत सिंचाईको सुविधा नभएपछि खेत बाँझै रहने भएको भण्डारीको भनाई छ । उक्त जिउलामा लिएको कुलो निर्माण नगरेमा त्यस क्षेत्रका खेत बाँझो रहने किसानले चिन्ता व्यक्त गरेका छन् ।


तर कुलोलाई सुचारु गर्नका लागि स्थानीयले सरोकारवाला निकायलाई आग्रह गरेको अर्का स्थानीय दाने भण्डारीले बताए । “ उनले भनेए; ” सो ठाउँमा ‘सडक पनि बन्यो’ । अब कुलो मर्मत गरेर सुचारु भएत झनै सुविधामा पुगिने थियौँ ।


सडक निर्माणका क्रममा केही क्षेत्रमा माटो र ढुङ्गा खस्दा कुलो छोपिएको तथा केही क्षेत्रमा क्षति पुगेका कारण यसलाई छलफलबाट समाधान ल्याउने सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले जानकारी दिए । कुलो अवलोकनमा पुगेका लामाले सडक निर्माणका क्रममा सिंचाई कुलोमा क्षति पुगेको र अब त्यसको मर्मतका लागि केही उपाय निकाल्नु पर्ने प्रतिकृया दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।