नेभिगेशन
राष्ट्रिय

हुम्ला भित्रीने मुख्य नाकामा कडाई गरीने

जिल्ला प्रबेशका मुख्य नाका सिमकोट बिमानस्थल र तीन वटा अन्य पैदल मार्गका नाकामा कडाईका साथ निगरानी बढाईने भएको छ । हुम्ला प्रवेश गर्ने मुल्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाईरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपानाउने निर्णय गरीएको छ । जिल्ला कोभिड क्राईसिस व्यवस्थापन कमिटिको शक्रुवार बसेको बैठकले कोरोना भाईरसबाट बच्नका लागि कडिकडाउ रुपमा सावधानी अपनाउने निष्कर्षमा कमिटि पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

यसका लागि सिमकोट विमान स्थलमा एक जना चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानी तथा चेकजाँच गर्ने गरिने भएको छ । त्यसैगरि अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुलि गाउँपालिकाको भिई र चंखेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरि चेकजाँच सुरु गरिने छ । त्यसै गरि जिल्लमा प्रबेश गर्ने नागरिकको तीन पुस्ते विवरण, बसोवास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्य रुपमा हेल्थ हेस्कमा राखिने भएको छ । हेल्थ डेस्कमा विवरण राखिएको ब्यक्तिलाई पहिलो दश दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा राखिनेभएको प्रजिअ आर्चायले बताए ।

जिल्ला जिल्ला स्तरको र अन्य सबै पालिकामा क्वारिटिन तथा आईसोलेशन स्थापना तत्काल गरिने भएको छ । कोरोना संक्रमण बढी रहेका बेला जिल्ला अस्पतालमा भने तीन बेडको आईसोलेशन रहेको र अन्य उपचारका सामाग्री नभएको डाक्टर टसी आङ्जु जानकारी बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल चार वटै सुरक्षा निकायका प्रमुखहरु लगाएको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।