नेभिगेशन
राष्ट्रिय

सिमकोटमा मास्क अनिवार्य नलगाए कारवाही

पछिल्लो समय देशभर कोरोना भाईरस संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले मास्क अनिवार्य गरेको छ । नेपालगञ्ज र सुर्खेतमा कोरोना संक्रमित बढेर हटस्पट हुन थालेपछि जिल्लामा स्वास्थ्य सम्बन्धि सुरक्षा सावधानि अपनाउन थालिएको हो ।

डिसिसिएमसिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको टोली आज सिमकोट बजारमा निसिक्दा कोरोना संक्रमण फैलिरहेको समयमा सर्वसाधरणमा बढ्दै गएको लापरवाहीलाई नियन्त्रण गर्न मास्क अनिवार्य गरीएको हो । हुम्लामा कुनै दिन कोरोना संक्रमित देखिएको खण्डमा थप उपचारका लागी जिल्ला बाहिर नेपालगञ्ज, सुर्खेत लिएको समयमा उपचारका लागी स्थान नपाउने अवस्था भएकाले प्रहरीले सतकर्ता अपनाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

यस्तै सदरमुकाम सिमकोट बाट अन्तरपालिकामा आवतजावपत गर्ने सवारी साधनहरुलाई मास्क, सेनिटाइजरको प्रयोग गर्न निर्देशन दिइएको छ । गाडी चालकहरुले सिट क्षमता अनुसार यात्रु बोक्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नेपालगन्ज र सुर्खेतमा कोरोना संक्रमितको हटस्पट बन्दै गएकाले यसको प्रत्यक्ष असर हुम्लामा पनि पर्ने भएकाले पहिलो चरणमा आमसर्वसाधरणमा स्वास्थ्य सम्बन्धि सावधानि अपनाउन, मास्क, सेनिटाइजर,भिडभाड कर्म गर्ने लगायका विषयमा सम्झाई बुजाई गराउने यदि यसको पालना कोही कसैले नगरेमा संक्रामक रोग ऐन २०२० बमोजीम मास्क नलाउनेहरुलाई कारबाहि गरीने भएको छ ।

जिल्ला प्रशासनको निर्देशन अनुसार सिमकोट बजारमा बजारगस्तिमा निस्किने प्रहरीले कडाई गर्दै मास्क अनिवार्य गरेको छ । सिमकोटमा आवतजावत गर्ने नागरीकलाई मास्क नलगाउनेहरुलाई मास्क खरिद गरेर लगाउन लगाएपछि मास्कको अनिवार्यताका बारेमा डिउटीमा खटिने सुरक्षाकर्मीले सम्झाई बुझाएर पठाउने गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्वा शर्माले बताए ।

यस्तै सदरमुकाम सिमकोटमा प्रहरीले मासक अनिवार्य गरेपछि यहाँका सर्वसाधरण मास्कको प्रयोग गर्न थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।