नेभिगेशन
राष्ट्रिय

प्रजिअको नेतृत्वमा मास्क अनिवार्यका लागी माइकिङ गरेर बजार परिक्रम

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक गणेश आचार्यको नेतृत्वमा सिमकोट बजार परिक्रमा गरेर सर्वसाधरणलाई मास्क अनिवार्य गरेको छ ।

सर्वसाधरणलाई मास्क, सेनिटाइजर अनिवार्य, भिडभाड कम गर्न सचेतना जोगाउँदै सिमकोट बजारमा माइकिङ समेत गरीएको थियो ।

पछिल्लो समय विश्वभर सहित नेपालमा कोरोना संक्रमितको दर तिब्र गतिमा बढ्दै गएकाले हुम्लामा संक्रमण फैलिन नदिनका लागी सर्वसाधरणलाई मास्क लगाउन अनिवार्य गरीएको छ । सिमकोट बजार परिक्रमका क्रममा प्रहरीले मास्क नलगाउनेलाई मास्क अनिवार्य लगाउन निर्देशन दिएको छ भने बाटोमा मास्क नलगाएका केही नागरीकलाई मास्क समेत वितरण गरेको छ । सिमकोट बजारमा मास्क नलगाएर आवतजावत गर्ने करिब ५० जना भन्दा बढीलाई निशुल्क मास्क वितरण गरीएको छ ।

सिमकोट बजारमा मास्क नलगाउने जो कोहीलाई प्रहरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही समेत गर्ने भएको छ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन सिमकोट बजारमा मास्क अनिवार्य गरीएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भिडभाड नगर्न र बैंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ । घरबाहिर निस्किदा स्वास्थ्य सुरक्षा सावधानि अपनाएर मात्र निस्कन आग्रह गरीएको छ ।

हुम्ला भित्रिने हवाई मार्गका मुख्य नाकाहरु नेपालगञ्ज र सुर्खेतमा कोरोना संक्रमित बढी रहेको समय जिल्लामा पनि सबैलाई पुर्वसावधानी अपनाउन जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले बताए । बजारमा माक्स नलगाएर हिडडुल गर्ने, भिडभाड बढी गर्ने , पच्चीस जना भन्दा बढी मानिस जम्मा हुने र सामाजिक दुरी कायम गरिएको पाईएमा संक्रामक रोग ऐन अनुसार कारबाही गरीने भएको छ ।

माईकिङबाट सधै सावुन पानी प्रयोग गर्न, माक्सको प्रयोग गर्न, शंकास्पद व्यक्ति भेटिए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न, कोरोनाको लक्षण मिल्ने रोग लागे स्वास्थ्यकर्मीको सम्पर्कमा रहनका लागि सन्देशहरु प्रशारण गरिएको थियो । मानिसमा कोरोना संक्रमणबारे कुनै डर त्रास नदेखिएपछि माइकिङ गर्दै बजार परिक्रम गरीएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमसिंहले बताए ।

आजै सिमकोट बजार परिक्रममा प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, जिल्ला समन्वय समितीका प्रमुख दान बत्रहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, जिल्ला अस्पतालका डाक्टर टसी आन्जुक लामा, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंह जिलला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिषक हेरम्बा र्मा, शसस्त्र प्रहरी बलका प्रमुख गेहेन्द्र भण्डारी लगायत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत सञ्चारकर्मीको समेत उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।