नेभिगेशन
राष्ट्रिय

सेल्फ क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामग्रि सहयोग

सेल्फ क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामग्रि सहयोग गरिएको छ । युएसए आइडी र युनिसेफ नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय हुम्ला र ससस्त्र प्रहरी वलको क्वारेनटाइनमा बसेका सुरक्षाकर्मीहरुका लागि कोभिड १९ बाट बच्ने उपयुक्त सामग्रि सहयोग गरिएको छ ।


ससस्त्र प्रहरी वल र जनपदको सेफ अफिसियल क्वारेन्टाइनमा बसेका प्रहरीका लागि युएसए आइडी र युनिसेफ नेपालको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका सिनियर अनमी सरिता बोहराको हाताबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेरम्व सर्मा र ससस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक गेहेन्द्र बहादुर भण्डारीलाई हस्तान्त्रण गरिएको हो ।


दोस्रो लहरको भेरिएन्ट कोभिड १९ ले विश्व भरिनै आक्रन्त बनाएपछि हुम्ला पनि सो महामारि फैलन सक्ने भन्दै पुर्व सर्तक्ताका लागि जिल्ला बाहिरबाट आएका सुरक्षाकर्मीलाई द्धोय प्रहरी कार्यालयहरुले आ आफ्नै सेफ अफिसियल क्वारेन्टाइनमा राखेको भन्दै सो संस्थाले उक्त सामग्रि सहयोग गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सिनियर अनमी बोहराले बताइन् ।


जिल्ला बाहिरबाट आएर हाल क्वारेन्टाइनमा जनपद प्रहरीका १५ र ससस्त्र प्रहरी वलका १० जना प्रहरी सेफ क्वारेन्टाइनमा रहेको ससस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक गेहेन्द्र बहादुर भण्डारीले जानकारी दिए । क्वारेन्टाइनमा रहेका सम्पुर्ण प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको उपरिक्षक भण्डारीको भनाई छ ।


सिनियर अनमी बोहराका अनुसार द्धोय संस्थाहरुको सहयोगमा दुईवटै प्रहरी कार्यालयलाई डिजिटल थर्ममिटर एक एक, सर्जिकल मास्क ५०।५०, सेनिटाइजर दुई, दुई, भाडा माज्ने सावन एक एक, भाडा माज्ने जाली एक एक, कोठा सफा गर्ने लिक्वीट एक एक पिस लगायतका सातवटा आइटमका सामग्रि सहयोग गरिएको हो ।


सो सामग्रि ०७८ वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय हुम्ला र ससस्त्र प्रहरी वलकै कार्यालयमा गएर हस्तान्त्रण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।