नेभिगेशन
राष्ट्रिय

एक सय रुपैयाँको जरिवानाले नमाने कडा रुप लिने प्रजिअ आचार्य

सदरमुकाम सिमकोटमा मास्क नलगाएर हिड्ने मानिसहरुलाई प्रहरीले वैशाख १८ गतेबाट एक सय रुेपैयाँ जरिवाना गरेको छ । विश्व भरिनै कोभिड १९ को महामारिको त्रास फैलने डरमा हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पनि हिडडुल गर्ने व्यक्तिहरुलाई मास्क अनिवार्य गरिएको छ । केही दिन अगाडी मात्रै डिसिसिएमसि हुम्लाले गरेको निर्णय अनुसार वजारमा आवत जावत गर्ने व्यक्तिहरका लागि मास्क अनिवार्य गरेको छ ।


डिसिसिएमसि हुम्लाले गरेको निर्णयलाई उलंघन गर्ने जोकोहीलाई कार्वाही गर्ने भएको डिसिसिएमसि हुम्लाका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । त्यस्तै कोविड १९ वयवस्थापन समिति केन्द्र हुम्लाले पहिलो चरणमा दुई दिनसम्म कोभिड सम्वन्धिको बजारमा सुचना मुलक शन्देश मार्फत सम्झाई बुझाई गरिएको, दोस्रो पटक बजारमा मास्क नलगाउनेहरुलाई एक दुई घण्टा सम्म नियन्त्रणमा लिएर कार्वाही गरेको थियो भने तेस्रो पटक अर्थात हिजोबाट मास्क नलगाएर अटेरी गर्नेेलाई एक सय रुपैयाँ जरिवाना गरिएको र त्यसलाई एउटा मास्क समेत दिएर पठाइएको प्रजिअ आचार्यले जानकारी दिए ।


प्रजिअ आचार्यका अनुसार यदि यस्तो गर्दा पनि नमानेको खण्डमा डिसिसिएमसि हुम्लाले कडारुप लिने सक्ने भएको छ । हुम्ला जिल्ला कोभिड व्यवस्थापन समितिले स्वास्थ्य मन्त्रालयमा किडको व्यवस्थाको लागि पहल गरिएको प्रजिअ आचार्यको भनाई छ । “उनले भने” अवको केही दिन भित्र जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्फत आएका व्यक्तिहरुलाई एनटिजेन परिक्षण गर्ने भएका छौँ ।

एनटिजेन परक्षणमा कोभिड–१९ पोजेटिभ भएकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने भएको छ भने नेगेटिभ भएकाहरुलाई घर फर्काउने प्राव्धान गरिने भएको छ । त्यस्तै वजारमा विना मास्क हिडडुल गरेका ४३ जना मानिसहरुलाई एक सय रुपैयाँका दरमा जिल्ला प्रशासन कार्यालयको रसिद काटिएको छ ।


सो व्यक्ति मधय हिजो पहिलो दिन शानिवार मात्रै ३५ जनालाई जरिवाना गरिएको थियो भने वैशाख १९ गते दिउसो १ वजे सम्ममा आठ जना व्यक्तिहरुलाई पनि प्रहरीले सो रकम जरिवाना गरेको हो । हालसम्म वजारमा विना मास्क हिडडुल गर्ने ४३ जना व्यक्तिहरुबाट ४ हजार ३ सय रुपैयाँ संकलन गरेको प्रजिअ आचार्यको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।