नेभिगेशन
राष्ट्रिय

हुम्ला एक हप्ताका लागी निषेधाज्ञा

जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले आज २१ गते राती १२ बजेदेखि २८ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गर्नु भएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै अधिकारी आचार्यले आदेशको पालना नगरे रु एक सय देखि रु ६ सयसम्म जारिवाना अर्थात ६ महिनासम्म कैदको सजाए गर्ने प्रजिअ आचार्यले बताए ।

बढ्दो कोरोना भाइरसको संक्रमणलाई तत्काल फैलन नदिनका लागि जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्रले तत्काल हुम्ला जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा बसेको बैठकले जिल्ला बाहिरबाट आएका यात्रुहरुका कारण बाँकेको नेपालगञ्ज, सुर्खेतबाट जिल्ला प्रवेश गरेका यात्रुहरुमार्फत संक्रमणको अवस्था भयावह हुने भएपछि परिस्थिती हेरेर जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो । ्

जिल्लाका स्थानीय तहका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवाला निकायको प्रतिनिधित्वमा बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका लास जलाउन हरेक गाउँपालिकामा सदगत स्थलको छनोट गर्न सम्बन्धित गाउँपालिकालाई दुई दिनको समय दिने निर्णय गरेको छ ।

आजबाट हवाई यातायात सेवा समेत बन्द हुनेभएका छन् भने जिल्लाको दक्षिणी क्षेत्रमा रहेका मुख्य नाका कवाडी, बालुकुना र चंखेली नाका समेत सिल गरिएको छ ।

एक हप्ताको निषेधाज्ञा अवधिमा एक पालिकाबाट अर्को पालिका आवतजावतमा समेत बन्द गरीएको छ ।

सोमबार विहान नेपालगञ्ज हुँदै हुम्ला पुगे ४० जना मध्ये गरीएको एन्टिजेन विधिबाट ८ जनामा कोरोना देखिएपछि हुम्ला जिल्ला एक हप्ताका लागी निषेधाज्ञा गरीएको हो ।

यो शिलको अबधिमा निम्न सेवा मात्र गर्न पाईने छ । यसरी शिलको अवधिमा गर्न पाईने कुरामा स्वास्थ्य, शान्ति सुरक्षा, सुचना रञ्चार, खोनेपानी, फोहोर मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ , औषधी पसल, बैंकको एटिए सेवा रहेका छन् ।

त्यसै गरि जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गरि दैनिक उपभोग्य बस्तु – तरकारी, खाद्य, दुध, ग्याँस ) पसलहरु बिहान सात वजेदेखि १० वजेसम्म सञ्चालन गर्न पाईने छन् । यो अवधिमा सञ्चालन गर्न पाईने सेवा तथा साधनहरुमा बिरामी तथा सुरक्षाकर्मी बोकेको सवारी साधन मात्र सञ्चालनमा आउनेछन् । साथै आदेशमा यो लागु हुँदाको बखत सिमा नाकाबाट जिल्ला प्रबेश गरि गन्तव्य स्थानमा पुगि नसकेका नागरिकहरुका लागि भने सम्वन्धित सुरक्षा निकाय र गाउँपालिकाको समन्वयमा गन्तव्यसम्म पुग्न सकिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।