नेभिगेशन
राष्ट्रिय

हुम्लामा संक्रमितको स्ंख्या १२ पुग्यो

समुदाय स्तररमा संक्रमण फैलिएको हिमाली जिल्ला हुम्लामा थप एक जनामा संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पताल हुम्लामा आइतवार २४ जनालाई एन्टिजेन परिक्षण गर्दा एक जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।


आज गरिएको परिक्षणमा २४ जना मध्य जिल्ला हुलाक कार्यालयका २८ वर्षिय एक पुरुषमा संक्रमण पुष्टी भएपछि जिल्लामा कूल संक्रमितको संख्या १२ पुगेको जल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।


केही दिन अघि जिल्ला बाहिरबाट आएकाहरुमा देखिएको संक्रमण अब समुदाय स्तरमा फैलिएको बताएका फडेराका अनुसार आज संक्रमण पुष्टी हुनेमा एक जना पुरुष रहेका छन् ।

आज कोरोना संक्रमित देखिएका पुरुषमा सामान्य रुघाखोकिको लक्षण देखिएको भए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
त्यस्तै कोरोना संक्रमित भएका पुरुषलाई स्वास्थ्य सेवा कार्यालयको रानीवन स्थित आइसोलेशनमा राखिएको स्वास्थ्य स्रोतले जनाएको छ ।

आजै कोरोना रिर्पोट पोजेटिभ देखिएका पुरुषको कन्ट्याक ट्रसिंगमा रहेका व्यक्तिहरुलाई सोमबार एन्टिजेन परिक्षण गरिने भएको छ ।
त्यस्तै नाम्खा गाउँ पालिका केन्द्र यालवांगमा पनि आज तीन जनाको एन्टिजेन परिक्षण गर्दा सवैको रिर्पोट नेगटिभ आएको सुचना अधिकारी फडेराको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।