नेभिगेशन
राष्ट्रिय

कोभिड–१९ लाई मध्य नजर गर्दै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री हस्तान्त्रण

हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वार्ड नम्वर १ कुम्लीङ ज्युलाको सामुदायीक स्वास्थ्य इकाई, २ को ठेहे स्वास्थ्य चौकी र ७ को डाँडाफया स्वास्थ्यचौकीमा विकासका लागि साझा मञ्च (सिएफडि) नेपाल हुम्लाले कोभिड १९ बाट बच्ने स्वास्थ्य सामग्री र औषधि हस्तान्त्रण गरेको छ ।

विश्व महामारिको रुपमा फैलिएको दोस्रो लहरको भेरियन्ट कोरोना भाइरसले आक्रान्त पारी रहेको वेला हुम्लाको ठेहे स्वास्थ्य चौकीलाई ६३, डाँडाफया स्वास्थ्यचौकीलाई ६२ र कुम्लीङ सामुदायीक स्वास्थ्य इकाईलाई ५८ प्रकारका औषधि लगायत अन्य कोभिड १९ बाट बच्ने स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको हो ।

लामो समयदेखि जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले विभिन्न स्वास्थ्यचौकीहरुमा औषधिको अभाव नहोस भन्ने उदेश्यका साथ उक्त औषधी र स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका संयोजक सौरव लामाले जानकारी दिए । संस्थाले गाउँपालिका भित्रका तीन वटै स्वास्थ्य संस्थामा पुगर सरकारले निशुल्क रुपमा दिने औषधि बाहेकका औषधिहरु सहयोग गर्दा सो स्वास्थ्य संस्थाहरुलाई निक्कै राहत हुने ठेहे स्वास्थ्यचौकीका इन्चार्ज सविन भण्डारीले बताए ।


गाउँम पुगाएको औषधि र कोभिडका स्वास्थ्य सामग्रीलाई सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराको रोहवरमा बुझाइएको थियो । उक्त सामग्री सहयोग गर्ने क्रममा स्वास्थ्य संयोजक बोहरलो भने तीन वटा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा धन्नेवाद दिंदैआगमी दिनहरुमा पनि सिमकोट गाउँपालिका भित्रका अन्य सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई पनि सहयोग गरेको भए अझै आभारी हुने भएको बताए ।


स्वास्थ्य संस्थामा प्रयोग गर्ने स्वास्थ्यकर्मीका लागि कोभिड १९ बाट बच्ने पिपिइ सेट, सेनिटाइजर, डिटोल साबुन, सर्जिकल मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामग्रि उपलव्ध गराएको सामुदायीक स्वास्थ्य इकाईका अनमी उषा भण्डारीले बताइन । त्यसै गरि सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई काभिडको अवसर पारी स्वास्थ्य सामग्रि र औषधिहरु सहयोग गरेको हो ।


दुइ दिनदेखिको सार्थक प्रर्यासपछि मात्रै औषधि तथा सामग्रि हस्तान्त्रण गर्न सफल भएको संस्थाका संयोजक लामाले बताए । हस्तान्त्रणका क्रममा उपस्थिती सम्पुर्णले स्वास्थ्य मापदण्डको परिपालना गरेर मात्रै उक्त सामग्री हस्तान्त्रण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।