नेभिगेशन
राष्ट्रिय

समुदायस्तरमा फैलियो कोरोना, हुम्लामा थप तीन जनामा पुष्टि, परीक्षणको दायरा बढाईयो

हुम्लाको सदरमुकाम सिमकोटमा थप आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल हुम्लाले दैनिक दिन कोरोना परीक्षण गरीरहेको छ भने आजै १२ जनालाई एन्टिजेन किटको विधिबाट गरीएको परिक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा दैनिक दिन कोरोना संक्रमण देखिएका संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका नागरीकहरुको परिक्षण गर्दा संक्रमित हुनेको संख्या बढ्दै गएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका एकजना पुरुषसँगै एउटै होटेलमा खाना खाने एक जना सहित गरी तीन जनामा आज कोरोना पुष्टि भएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताए ।

आज एक जना महिला र दुई जना पुरुषमा कोरोना पुष्टि भएको छ । २५ वर्षिय एक जना महिला, ३३ वर्षिय र ४६ वर्षिय एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । बैशाख एक गते देखि आज सम्म एक सय ५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा जिल्लामा आज सम्म १५ जना सक्रिय संक्रमित रहेका छन् ।

समुदायस्तरमा फैलियो कोरोना

जिल्लाको सदरमुकाम सिमकोटमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । दैनिक दिन एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमित भेटिने गरेका छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले सिमकोट बाहेक अन्य क्षेत्रमा परीक्षणको दायरालाई नबढाउँदा संक्रमित नभेटिएको भएपनि गाउँघर तिर परिक्षणको दायरालाई बढाउने हो भने सिमकोटमा जस्तै गाउँघरमा समेत कोरोना संक्रमित भेटिने आशंका गर्न थालिएको छ ।

केही समय अगाडी हवाई मार्गबाट हुम्ला भित्रीएका यात्रुहरुको सिमकोट विमानस्थलमा एन्टिजेन विधिबाट ३८ जनालाई कोरोना परिक्षण गर्दा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने यो संख्या बढेर आजसम्म १५ पुगेको छ । सुरुमा देखिएका आठजना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक टे«सिङ्गबाट परीक्षण गर्दा सिमकोटमा संक्रमितको संख्या बढेर १५ पुगेको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी फडेराले जानकारी दिए । कोरोना परीक्षणको दायरालाई बढाउनको लागी जिलला स्वास्थ्य सेवा कार्यालय हुम्लाले पाँच सय थान एन्टिजेन खरि गरेर जिल्लामा ल्याएको छ ।

कोरोना संक्रमणका लक्षण देखिएका व्यक्ति भेटिएका बेला परीक्षण गर्ने किट अभाव भएको समयमा स्वास्थ्य सेवा कार्यालयले आफ्नै स्रोतबाट किट खरिद गरेर जिल्लामा हवाई मार्गबाट ढुवानी गरेर ल्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।