नेभिगेशन
राष्ट्रिय

सडक अपरुद्ध भएपछि बोलेरो जिप सञ्चालनमा समस्या

सडक अपरुद्ध भएपछि बोलेरो जिप सञ्चालनमा समस्या भएको छ । सदरमुकाम सिमकोटदेखि बरगाउँ हुदै दोजामसम्मको सडक अपरुद्ध हुँदा आवत जावतमा समस्या भएको छ ।

दैनिक रुपमा सदरमुकाम सिमकोदेखि यात्रुहरुलाई गाउँ गाउँमा लिनका लागि सञ्चालनमा रहेको सिमकोट रलिङ सडक खण्ड अपरुद्ध हुँदा गाडि सञ्चानमा सास्ती भएको छ ।

सिमकोट गाउँपालिका वार्ड नम्वर ४ को बुराउँसेको हुमाने खोला, वडा नम्वर २ स्थित प्याङप्याङ खोलामा माथिबाट खसेको ढुङगा माटोले सडक अपरुद्ध बनाएपछि समस्या आएको हो । सडक अपरुद्ध भएपछि विभिन्न कामका लागि आवत जावत गर्ने यात्रुलाई सास्ती खेप्नु परेको एक जना स्थानीय निमा लामाले गुनासो गरेका छन् ।

केही दिन मात्रै सिमकोट गाउँपालिका वार्ड नम्वर १ र २ को स्वास्थ्य संस्थाहरुमा सिएफडि नेपालद्धारा सहयोग गरिएको औषधि लिएर जाँदा गाडी पास नहुँदा दुईवटा बोलेरो जिपहरु फिर्ता भएको लामाले बताए । दुई चार जना यात्रुले भत्केको सडक मर्मत गरेपछि मात्रै उक्त औषधि पुगाउन सफल भएको गाडि चालक नर बहादुर लामाको भनाई छ ।

पटक पटक उक्त सडक मर्मत गर्दा पनि माथिबाट आएको रेलो माटो र ढुङगाले सडक अपरुद्ध हुने गरेको हो । सडक अपरुद्ध भएपछि त्यस क्षेत्रका विरामीहरुलाई सदरमुकाम सिमकोट पुराउनलाई निक्कै जोखिम भएको स्थानीयले गुनासाे गरेका छन । उक्त सडकको मर्मतका लागि सम्वन्धित सरोकारवाला निकायको समयमै ध्यान जानु जरुरत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।