नेभिगेशन
अर्थ

चिनको तिब्बतमा अपेक्षाकृत मुल्यमा विक्री भएन हुम्लाको जडिवुटी

सिमकोट ,
भाद्र १०, हुम्ला । हिमाली हिराका रुपमा चिनिएको यार्साकुम्बा बेच्न तिब्बत बजारमा पुगेका नेपालीले यस वर्ष राम्रो बजार मूल्य नपाएको गुनासो गरेका छन ।
यार्साकुम्बा लगायत घुच्ची ज्याउ, पाँच औले लगायतका जटीवुटी समेत हुम्लाको उतरी देश चिनको तिब्बतमा उचित मुल्य नपाएको ताक्लाकोट बाट व्यापरीहरुले बताएका छन ।
यस वर्ष नेपाली बजारमा राम्रो मूल्य नपाएर तिब्बतमा यार्साकुम्बा बेच्न पुगेका नेपाली व्यापारीले त्यहाँ पनि राम्रो मूल्य नपाएको गुनासो गरेका हुनु ।
तिब्बतमा यार्साकुम्बा बेच्नकालागि पुगेका कर्णालीका हिमाली भेक हुम्ला, मुगु र डोल्पाका व्यापारी तथा स्थानीयहरूले त्यहाँ राम्रो मूल्य नपाएपछि केहीले आफन्तलाई बेचिदिन आग्रह गर्दै त्यही छोडेर नेपाल फर्किका छन भने केहीले व्यापारी तथा स्थानीयले सस्तो मूल्यमा बिक्री गरेर फर्किएका छन् ।


तिब्बतका बिभिन्न बजारमा वर्षायाममा लाग्ने हाटबजारमा यार्साकुम्बाको व्यापार गर्न पुगेका नेपालीले यार्साकुम्बा बिक्री गर्न नपाएको र यार्साकुम्बाको मूल्यपनि राम्रो नपाएको डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका छेर्का लामा तामाङले रेडियो कर्णाली आवजलाई जानकारी दिनुभयो । यसवर्ष नेपाली यार्साकुम्बा व्यापारीलेपनि राम्रो मूल्य चिनको तिब्बत बजारमा पाएनन उनले थपे “सबै जडिवुटीले राम्रो मूल्य नपाउँदा हामीले थुप्रै घाटा खानु पर्यो ।”
नेपाली यार्साकुम्बासहित तिब्बती बजारमा जडिबुटी किन्ने, त्यही बिक्री भएको आम्दानीबाट घरखर्च र अन्य सरसमान ल्याउने गरेकोमा यस वर्ष व्यापारी तथा हिमाली भेकका स्थानीयले सामान बिक्री नुहँदा समस्या भएको ताक्लाकोटमा भएका व्यापारी टसीतुण्डुप गुरुङले बताए ।
‘तिब्बतको सिमामा प्रत्येक वर्ष हाटवजार लाग्ने गर्छ । त्यही हाटबजारमा नेपालीहरुले जडिबुटी बेच्ने गरेका थिए।’
कर्णालीका बिभिन्न वन क्षेत्रमा यार्साकुम्बाको राम्रो संकलन हुने यसैको आम्दानीबाट यहाँका स्थानीयवासीले खर्चपर्च लगायतका सामानको जोहो गर्ने गरेको र यस वर्ष यार्साकुम्बा लगायतका जडिबुटीले राम्रो मूल्य नपाउँदा समस्या भएको नाम्ग्याला तामाङ्गले जानकारी दिनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...