नेभिगेशन
राष्ट्रिय

निषेधाज्ञाको सातौं दिनसम्म आईपुग्दा सुनसान बनिरह्यो सिमकोट

हुम्लामा २१ गते रातिबाट भएको निषेधाज्ञाले सातौं दिनसम्म आईपुग्दा सिमकोट बजार क्षेत्र सुनसान भएको छ । गएको मंगलबार राति १२ बजेबाट डिसिसिएमसिले जिल्लाचभर निषेधाज्ञा जारी गरेपछि बुधबार बिहानबाट प्रहरी परिचालन भएका कारण आजको दिनसम्म आइपुग्दा यहाँका नागरीकले निषेधाज्ञा पूर्ण रूपमा पालना गरेका छन् । एक हप्ता देखि जिल्लामा निषेधाज्ञा लगाइएकाले सिमकोट सुनसान देखिएको छ ।

सिमकोट बजार क्षेत्र सहित गाउँघरबाट सिमकोट पुग्ने मुख्य नाकामा खटिएका सुरक्षाकर्मीहरु कडारुपमा प्रस्तुत हुने गरेका कारण पनि सिमकोटमा निषेधाज्ञाको पूर्ण पालना भएको देखिन्छ । 

सिमकोट बजार क्षेत्र ठप्प भईरहेको छ भने प्रत्येक दिनको विहान सात बजे देखि १० बजे सम्म तीन घण्टाका लागी सिमकोट बजारमा सञ्चालीत पसलहरु खुल्ला हुने गरेका छन् भने अन्य समय बजार क्षेत्र सुनसान देखिएको छ । खाद्ययन्न तथा दैनिक उपभोग्य सामान बजारवासिलाई निषेधाज्ञाको समयमा अभाव हुन नदिनका लागी दैनिक दिनको विहान तीन घण्टा पसलहरु सञ्चालनमा आईरहेका छन् ।

सिमकोटमा सञ्चालीत सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थित नहुँदा कामकाज ठप्प भएका छन् । एक दर्जन बढी सिमकोटमा रहेका बैंक तथा बित्तिय संस्थाहरुको समेत कारोबार ठप्प भएको छ भने राष्ट्रिय बाणिज्य बैंक र सिटिजन्स बैंकमा एटिएमबाट कारोबार भने भईरहेको जानकारी प्राप्त भएको छ ।

निषेधाज्ञाको समयमा अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवा जिल्लामा भएको निषेधाज्ञाको दुईदिन पछि नेपालगञ्ज सुर्खेतबाट सञ्चालन हुँदै आएका छन् । सिता एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडको खाद्ययन्न ढुवानी गरीरहेको छ भने तारा एयर र समिट एयरले बजार वयवसायिको सामाग्री देखि ठेकेदार कम्पनीहरुको कारगो सामान ढुवानी गरीरहेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमणको त्रासले जिल्ला अस्पतालले आकस्मिक र गर्भवती सेवाबाहेक अन्य सेवा बन्द गरीएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताईन् । दैनिक दिन कोरोना परीक्षणका लागी यहाँका नागरीक अस्पतालमा पुग्ने गरेका छन् । खेतीपातीको समय भएका कारण गाउँघरका किसान भने आफ्नो काममा व्यस्त देखिएका छन् ।

प्रहरीले दिनभरि गस्ती गर्ने गरेका कारण सिमकोट बजार क्षेत्र भने पूर्ण रूपमा बन्द देखिएका छन् । यो समयमा कुनै अवज्ञाको घट्ना नभएको पाइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।