कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि हुम्लामा निषेधाज्ञको समयावधी थप बढाइएको छ । मंगलबार बसेको जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुशार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाइएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश आचार्यले जानकारी दिए ।
संक्रमणको दर नियान्त्रणमा नआएकाले आज बसेको डिसिसिएमसीको बैठकको सिफारिस अनुसार निषेधाज्ञको समय बढाइएको हो’ प्रजिअ आचार्यले भने, ‘आज (मंगलबार) राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञको समय सिमा बढाइएको हो ।’
वैशाख २२ गते राती १२ बजेदेख जारी भएको पहिलो चरणको निषेधाज्ञ भन्दा केही खुकुलो गर्ने उल्लेख गरेका प्रजिअ आचार्यका अनुसार यस चरणमा सरकारी कार्यालयको काम, बंक तथा बित्तिय संस्था, विकास आयोजनाका कामलाई स्वास्थ्य मापदण्ड अपनाएर चरणबद्ध रुपमा सञ्चालन गर्न दिने निर्णय भएको छ ।
के मा खुकुलो हुन्छ ?
पहिलो चरणमा पूर्णरुपमा बन्द भएको बैंक तथा वित्तिय संस्थालाई बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म कर्मचारीको संख्या घटाएर अत्यावश्यक काम गर्न पाइने छ । कार्यालयबाट सञ्चालन भएका आयोजनाको काम अघि बढाउन सम्बन्धित कार्यालयको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेर सिमित व्यक्तिलाई सिमकोट आवत जावत गर्न पाइने व्यवस्था यस पटक गरिएको छ ।
तर निषेधाज्ञको अवधीमा रकम निकासा गर्न आउन नपाई प्रजिअ आचार्यले स्पष्ट पारे । असार मसान्त नजिकिएकाले जिल्लामा विकासमा गतिविधि पनि नरोकिएन भनेर यो निषेधाज्ञमा हामीले स्वास्थ्य मापदण्ड अपनाएर आयोजना स्थलमै काम गर्ने व्यवस्थाका लागि सम्बन्धि कार्यालयलाई अनुमती प्रदान गर्छौ’ आचार्यले थपे, ‘तर आयोजनाको संझौता गर्ने र उपभोक्त समितिको गठनका काम भने आयोजना स्थलमा बाहेक जिल्लामा आउन निषेध गरिएको छ ।’
बैंक दैनिक ५ घण्टा खुल्ने
दोस्रो चरणमा थप भएको निोधाज्ञमा दैनिक ५ घण्टा बैंक तथा वित्तिय संस्था सञ्चालन गर्न पाईने भएको छ । पहिलो चरणको निषेधाज्ञमा पूर्ण रुपमा बन्द भएका वित्तिय संस्थामा यो चरणमा नगद जम्मा गर्ने र झिक्ने बाहेक अन्य काम गर्न नपाई प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ ।
बैंकमा अत्यावश्यक नगद कारोबार गर्नका लागि बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म खोल्ने निर्णय गरेको उल्लेख गरेका अधिकारी आचार्यले सिमकोट बाहेकका स्थानीय तहका हकमा आयोजनाको खाता खोल्ने कामलाई पनि अनुमती दिइएको छैन् ।
विमानस्थलका सामग्री ७२ घण्टा पछि लिन पाइने
हवाई माध्यमबाट बाँके र सुर्खेतबाट आएका खाद्यन्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्रीलाई सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाइने भएको छ ।
पहिलो चरणका निषेधाज्ञमा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामाग्रीलाई स्वास्थ्य मापदण्ड अनुसार ७२ घण्टा पश्चात मात्रै लिन पाइने निर्णय प्रशासनले गरेको छ । ‘सामान्यतया खुल्ला क्षेत्रमा कोरोना भाइरसको आयू ७२ घण्टा हुन्छ भन्ने मान्यता छ’ प्रजिअ आचार्यले भने, ‘त्यही भएर हामीले बाँके र सुर्खेतबाट आएका सामाग्रीमा भाइरस सरेको भएपनि अन्यमा संक्रमण नफैलियोस भनेर यो निर्णय गरेका हौं ।’ अहिले खाध्यन्नका चामल र अन्य सामाग्री विमानस्थलमै स्टोर गरेर राखिएको छ ।
निषेधाज्ञमा के गर्न पाईन्छ ?
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञमा अत्यावश्यक काम बाहेक अन्य काम गर्न नपाईने बताइएको छ ।
निषेधाज्ञको अवधीमा स्वाथ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी फोहोरमैला व्यवस्थापन, ग्याँस पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा सञ्चालनमा आउने छन् । यसैगरी जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दुध, ग्याँस आदी) का पसल बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।
यो बिचमा बिरामी बोकेका र सुरक्षाकर्मीले प्रयोग गरेका सवारी साधनलाई आवतजावत गर्न दिइने व्यवस्था गरिएको प्रशासन कार्यालयबाट जारी गरिको आदेशमा उल्लेख गरिएको छ । आदेश लागु हुनु अगावै गन्तव्यमा हिडेका जिल्लाका यात्रुहरुलाई सम्बन्धित पालिकासँगको सहकार्यमा गन्तव्य पु¥याउने प्रशासन कार्यालयले जनाएको छ ।
उल्लंघन गरे ६ महिना कैद
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञ उल्लंघन गरेमा एक सय रुपैयाँ देखि ६ सय रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैदको सजाय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
‘हामी निषेधाज्ञलाई कडाईका साथ पालन गर्छौ र गराउँछौं’ उनले भने, ‘अनिार्य मास्क अभियानदेखि नै शुरु गरेको कारबाही प्रक्रिया यस (निषेधाज्ञ) अवधीमा थप कडाई हुन्छ ।’
आदेशको अवज्ञा गरे संक्रमक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रकृती हेरेर एक सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म जरिवाना तिराउने र ६ महनिासम्म कैद सजाय गराउने जानकारी आचार्यले दिए ।