नेभिगेशन
राष्ट्रिय

संक्रमण बढेपछि ताँजाकोट गाउँपालिका शिल, जिल्ला भरि संक्रमितको संख्या ३७ पुग्यो

ताँजाकोट गाउँपालिकामा कोरोनाका संक्रमित बढेपछि गाउँपालिकामा सञ्चालित सम्पुर्ण कार्यालयहरु बन्द हुनुका साथै गाउँपालिका भरिनै शिल गरिएको छ । जिल्लामा दास्रो लहरको कोरोना भइरस सामुदायी स्तरमा फैलिएपछि कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । हिमाली जिल्ला हुम्लामा वैशाख २० गते हवाई जहाजबाट आएका ८ जनामा कोरोना संक्रमण देखिए पनि यतिखेर भने गाउँ स्तरमै फैलिएको देखिन्छ ।


जिल्ला सदरमुकाम सिमकोटमा यितखेर १९ जना संक्रमित मध्य ८ जना कोरोना जितेर घर फकिएका छन भने ११ जना कोरोनासंग लडि रहेका छन् ।
त्यस्तै ताँजाकोट गाउँपालिकामा हालसम्म १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्याबश्यक बाहेक गाउँपालिका भित्रका सम्पुर्ण सरकारी तथा गैरसरकारी सहित सम्पुर्ण स्वास्थ्य संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।


वैशाख ३० गतेदेखी गाउँ गाउँमा संकास्पद ब्यक्तिहरुलाई छनौट गरी एन्टिजेन परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएपछि सो कार्यालयहरु बन्द गरिएको ताँजाकोट गाउँपालिका स्वास्स्थ्य संयोजक राजेन्द्र स्याङ्कुको भनाई छ । परिक्षण कार्यलाई तिब्र पारिएको बताउँदै गाउँपालिकामा संक्रमणको दर बढ्दै गएपछि अत्याबश्यक बाहेक गाउँपालिका भित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय सहित सम्पुर्ण स्वास्थ्य संस्था समेत बन्द गर्ने निर्णय भएको संयोजक स्याङ्कुले जानकारी दिए ।


गाउँकार्यपालिकाको आपतकालीन बैठक बसी सबै वडामा कोरोना भाईरसको संक्रमणको दर बढ्दै गएकाले यसको रोकथाम तथा नियन्त्रणको लागि एक वडाबाट अर्को वडा सम्म अत्याबश्यक बाहेक अन्य कामको लागि निषेधाज्ञा गरीएको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए ।

संक्रमणको दर तिब्र भएकाले सबै आ आफ्नो ठाउँमा सुरक्षित हुँन अध्यक्ष मल्लले आग्रह गरेका छन् । हुम्ला जिल्लामा हालसम्मको सक्रिया संक्रमितको संख्या २९ रहेको जिल्ला अस्पताल हुम्लाका कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।