नेभिगेशन
राष्ट्रिय

कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत उद्धार

नोवेल कोरोना भाइरसबाट संक्रमित सर्केगाड गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वाश–प्रश्वाशमा समस्या भएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागी उद्धार गरीएको छ ।

बिहिबार वेलुका देखि जिल्ला अस्पतालमा राखिएको संयोजक धामीको स्वाश–प्रश्वाश ५० मा झरेपछि थप उपचारका लागि आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिठान जुम्लामा लिइएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

धामीको श्वाश–प्रश्वाशको अवस्था निकै संकटग्रस्थ हुनुका साथै अक्सिजन समेत कम हुँदा जिल्ला अस्पतालको व्यवस्थाले संभव नहुने भएपछि हेलिकोप्टर मार्फत जुम्ला उपचारका लागी लगिएको हो ।

धामीको उद्धारका लागी भक्तपुर इन्टरनेशनलबाट डाक्टर अविशेक देव र नर्स अनिसा किलम्बु टोली हुम्ला पुगेर जुम्ला लगिएको हो । संयोजक धामीलाई सिम्रीक हेलिकप्टर मार्फत जुम्ला उद्धार गरीएको छ ।

मंगलबार बिहान कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि रानीवन आइसुलेसन रहेका धामीलाई स्वास्थ्य थप समस्या देखिएपछि बिहिबार जिल्ला अस्पतालमा सारिएको थियो ।

कर्णाली प्रदेशका अन्य अस्पताल भन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा चिकित्सक र अक्सीजनको हिसाबले पनि सम्पन्न भएकाले धामीलाई जुम्ला पठाइएको हो ।

सर्केगाड गाउँपालिकाका लागि एन्टिजेन किट र अन्य स्वास्थ्य सामाग्री लिन सिमकोट आएका धामीलाई मंगलबार गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।