नेभिगेशन
राष्ट्रिय

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

सातवटा गाउाँपालिका रहेको हिमाली जिल्ला हुम्लाको पाँचवटा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच वटा गाउँपालिकामा रहेका ग्रामिण वस्तिहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।

खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका बाहेक जिल्लाका अन्य सिमकोट, सर्केगाड,चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमित भेटिएर संक्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिले सम्म परीक्षण नगर्दा संक्रमित नभेटिएको पाइएको छ ।

हालसम्म जिल्लाका पाँचवटा गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टिभएको छ भने ११ जना डिस्चार्जभएपछि ६२ जना सक्रिय संक्रमित रहेका छन् भने एक्जनालाई जिल्ला बाहिर रिफर गरीएको छ ।

हालसम्म ताँजाकोट गाउँपालिका ९८ जनामा परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको छ । अदानचुलीमा २० जनामा परीक्षण गर्दा ७ जना, सर्केगाड गाउँपालिकामा ७४ जनामा परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ भने चंखेली गाउँपालिकामा आज ४४ जनामा परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टिभएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय ह्ुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । यस्तै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पताल गरीएको परीक्षणमा हालसम्म २० जना संक्रमण देखिएको थियो भने आठ जना सक्रिया संक्रमित रहेका छन्, भने एक् जनालाई जिल्ला बाहिर रिफर गरीएको छ ।

जिल्लाका स्थानीय तहले आफ्ना माताहतका गाउँहरुमा बिरामी संख्या बढेपछि आफ्नै लगानी गरेर एन्टिजेन किट खरिद गरि कोरोना परीक्षणको दायरालाई बढाई रहेका छन् ।

पहिलो पटक नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसयता दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गरिरहेको र संक्रमित फेला पर्ने क्रम बढिरहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।