नेभिगेशन
राष्ट्रिय

खार्पूनाथको सामुदायीक अस्पतालमा ल्याब सेवा सुचारु

जिल्लाको खार्पुनाथ गाउँपालिका सामुदायीक अस्पतालमा आधारभूत ल्याब सेवा सुचारु भएको छ ।
गएको कार्तिक महिना स्थापना भएको ल्याबलाई बुधबार उद्घाटन गरेर सञ्चालनमा आएको हो । ल्याव सञ्चालनमा आएपछि सानो समस्यामा पनि जिल्ला अस्पतालमा धाउनु पर्ने जिल्ला सदरमुकाम सिमकोटसँगै जोडिएको खार्पुनाथका बिरामीलाई सहज हुने बताइएको छ ।


विगतका वर्षहरुमा सामान्य विरामीहरुका लागि खार्पुनाथ गाउँपालिकाका नागरिकहरु सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा धाउनु पथ्र्यो तर अव गाउँपालिकामा ल्याव सञ्चालनमा आएपछि खार्पुनाथका स्थानीयलाई स्थानीय स्तरबाटै सेवा प्रभाह हुने भएको खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक वलिराज शाहीले जानकारी दिए ।


‘गााउँपालिकाको स्वास्थ्य शाखामा बुधबारदेखि ल्याब जडान गरेपछि अब गाउँपालिकाका नागरिकहरुलाई सहज हुने भयो’ संयनेजक शाहीले भने, ‘गाउँपालिकामा बायोक्यास्ट्रि टेष्ट, हेमोलोजिकल, सरोलोजिकल लगायतका परिक्षण गर्न सकिन्छ ।’
पलिकाको ल्यावमा अब टाइफाइड, दिसापिसा, ब्लड सुगर, किनड्ी फोनसन, युरिकएसिड, रुघाखोकी, निमोनिया लगायतका रोगहरुको परिक्षण गर्ने मेसिन जडान गरेर सञ्चालनमा ल्याइएको स्वास्थ्य संयोजक शाहीले जानकारी दिए ।

शाहीका अनुसार गाउँपालिकाको केन्द्र याङचु बजारमा स्थापना गरिएको ल्याबलाई गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल र उपाध्यक्ष रुपा शाहीले संयुक्त रुपमा उद्घाटन गरे ।
सदरमुकाम सिमकोटसंग जोडिएको खार्पुनाथ गाउँपालिकामा अवदेखि जटिल खाले विरामी बाहेक अन्य कुनै पनि विरामीहरुलाई रिफर गर्नु नपर्ने स्वास्थ्य संयोजक शाहीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।