नेभिगेशन
सर्केघार्ड

ट्यांकी भत्किदा एकघण्टाको पैदल हिडेर खानेपानीको जोहो

मंगलबार राति देखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानी गाउँका नागरीकलाई खानेपानीको समस्या भएको छ ।

मुहानमा निर्माण गरीएको पानीको ट्यांकी अविरल वर्षाले भत्किएपछि उनापानीको लेख गाउँमा रहेको ७७ घरधुरीले एक घण्टाको पैदल हिडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ ।

गाउँ नजिक भएको पानीको मुहान सुकेपछि अहिले एक घण्टाको पैदल हिडेर लेख वस्तिबाट औगमा रहेको गाउँमा पानी ल्याउन जानुपर्ने बाध्यता रहेको स्थानीय गगन थापाले जानकारी दिए । ट्यांकी भत्किएपछि गाउँ वरपर नजिक कतै मुहान नभएकाले खानेपनीको लागी गाउँमै पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।

पानि जम्मा गर्ने ट्याङकी र पाइप लाइन भत्किदा उक्त लेख गाउँका बस्तिमा रहेका ७७ घरधुरीहरुले १ घण्टाको पैदल हिडेर अहिले उनापानि गाउँको औलमा पुगेर पानी ल्याएर खानुपर्ने बाध्यता रहेको छ ।

वर्षाले लेख गाउँको माथि पटिट् रहेको ढाँड भन्ने स्थानमा निर्माण भएको पानि ट्याङकी र पाइप लाइन भत्किदा यहाँका स्थानीयलाई अन्य ठाउमा पानिका मुहान नभएपछि आधा घण्टाको ओहोरदोर गरेर करिब एक घण्टा हिड्नुपर्ने बाध्यता रहेको छ ।

सर्केगाड गाउपालिका र ग्रामिण जलश्रोतको संयुतm सहयोगमा निर्माण भएको खानेपानिको ट्याङकी वर्षाले भत्किदा लेख गाउँका नागरीक खानेपानिबाट वञ्चित हुनु पर्नेबाध्यता रहेको थापाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्