नेभिगेशन
राष्ट्रिय

थप ११ जनामा संक्रमण पुष्टि, जिल्लाभर संक्रमितको संख्या एक सय एघार पुग्यो

जिल्लाका स्थानीय निकायले आ आफ्नो गाउँपालिकाका रहेका वडाका  विभिन्न गाउँबस्तिहरुमा परीक्षणको दायरालाई बढाएसँगै जिल्लामा संक्रमितको संख्यामा बृद्धि हुँदै गएको छ ।

आज जिल्लाका विभिन्न क्षेत्रमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि हुँदा जिल्लामा संक्रिय संक्रमितको संख्या एक सय ११ जना पुगेको छ । जिल्ला अस्पताल हुम्लामा आज २१ जनालाई कोरोना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताए ।

यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिकामा हिजो र आज गरी १५ जनालाई परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । संक्रमित हुने सबै  वडा एक गोप्का गाउँका रहेको शाहीले बताउनुभयो ।

यसै गरी ताँजकोट गाउँपालिकामा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनालाई कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । आज सम्म ११ जनाले कोरोना संक्रमण जितेर घर गएको र गाउँपालिकामा संक्रिया संक्र,मितको संख्या १९ जना रहेको उनले बताए ।

यस्तै जिललाको सर्केगाड गाउँपालिकामा २ जना र अदानचुली गाउँपालिकामा एक जना गरेर जिल्ला भर संक्रमितको संख्या १ सय ११ पुगेको छ भने जिल्लाका विभिन्न क्षेत्रबाट २९ जना डिस्र्चाज र एक जना जिल्ला बाहिर गएपछि जिल्लामा संक्रिय संक्रमितको संख्या ८२ जना रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यस्तै जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले भोली देखि दिउँसो एक बजेबाट कोरोना परीक्षण गर्ने भएको सुना अधिकारी भक्ति फडेराले बताए । विहान दश बजेबाट परीक्षण गर्दैआएको भएपनि परीक्षणको समय तालिका परिवर्तन भएको भोलि देखि एक बजेबाट परीक्षण हुनेभएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।