नेभिगेशन
खार्पुनाथ

गाउँ सिल

जिल्लाको खार्पुनाथ गाउँपालिका वडा एक गोप्का गाउँमा एकैघरका तीन जना र अन्य दुई जना गरी दुई दिनको अवधिमा पाँचमा कोरोना संक्रमण पुष्टि हुँदा एक हप्ता सम्मका लागी गाउँ नै सिल गरीएको छ ।

एउटै घरका तीन जना परीवारमा संक्रमण देखिएको र सोही संक्रमितको घरमा खाना खाने अर्का एक जनामा आज संक्रमण पुष्टि भएको हो भने शनिवार संक्रमण देखिएका एक जना गरेर पाँच जनामा कोरोना पुष्टि हुँदा गाउँमा थप संक्रमण फैलन नदिनका लागी एक हप्तासम्म सिल गरीएको प्रशासन सहायक पुर्ण सिंह बुढाले जानकारी दिए ।

शनिबार र आइतबार गरी १५ जनामा कोरोना परीक्षाण गर्दा पाँच जना संक्रमण पुष्टिभएपछि वडाध्यक्ष मकुसिंह बुढाको अध्यक्षतामा बसेको बैठकले थप संक्रमण फैलिन नदिनका लागी सिल गरीएको प्रशासन सहायक बुढाले बताए । कोरोना संक्रमण पुष्टिभएपनि एक घरबाट अर्को घरमा बाहिर गाउँबाट आएकालाई गोप्का गाउँ प्रवेशमा निषेध लगाउनुका साथै नियमको उल्लघन गर्ने जो कोही लाई रु एक सय जरीवाना सहित संक्रामक रोग ऐन २०२० अनुसार कानुनी कारबाही गरीने भएको छ ।

संक्रमण पुष्टि भएका घरका घरमुलिमा संक्रमण नदेखिएको भएपनि स्वयम घरमुली बैशाख १७ गते चंखेली गाउँबाट आएर उनी विरामी भएको र अहिले सन्चो भएपनि घरका अन्य सदस्य विरामी हुनुका साथै बिरामी भएका सबैमा कोरोना लक्षण सहितको संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका ल्याप टेक्निसिय रमेश शाहीले जानकारी दिए । आज संक्रमण पुष्टि भएका चार जना मध्ये दुई महिला र दुई जना पुरुष हेका छन् भने निवार संक्रमण पुष्टिभएका एक जना महिला रहेको जानकारी प्राप्त भएको छ । चारजनामा संक्रमण देखिए लगत्तै सिल गरीएको हो ।

खार्पुनाथ गाउँपालिकाले शुक्रबार देखि परीक्षणको दायरालाई बढाएको छ भने वडा स्तरमा आशंका लागेका व्यक्तिहरुमा परीक्षण गरि आएको गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । आज वडा एकमा गरीएको भएपनि भोली थाली गाउँमा परीक्षण गरीने भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्