नेभिगेशन
राष्ट्रिय

स्वास्थ्य सेवा कार्यालय हुम्लालाई स्वास्थ्य सामग्री हस्तान्त्रण

आधार विकास नेपाल हुम्लाद्धारा स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ । जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्रै स्वास्थ्य सेवा कार्यालय हुम्ला र कोभिड १९ संकट व्यवस्थापन समितिको रानीवनमा रहेको क्वारेन्टाइन लगायत आइसोलेशनका लागि स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको आधार विकास नेपाल हुम्लाका शिक्षा कार्यक्रम अधिकृत कुन्जोक लामाले बताए ।


जिल्ला भरि कोभिड १९ महामारिका संक्रमितहरुको संख्या उल्लेखेनिय देखिएपछि स्वास्थ्य सामग्री सहयोग गरिएको अधिकृत लामाले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन डिसिसिएमसिको कार्यमा सहयोग पुराउन स्वास्थ्य सेवा कार्यलय हुम्लाले माग गरे अनुसार मंगलबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र हुम्लाका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको रोहवरमा उक्त सामग्री सहयोग गरिएको लामाको भनाई छ ।


आधार नेपाल हुम्लाले सहयोग गरिएको स्वास्थ्य सामग्री मध्ये अक्सिजन कन्सनटे«टर १ पिस, केएन ९५ मास्क ५ सय पिस, सर्जिकल मास्क ६ हजार पिस, स्यनीटाइजर ९६ बोतल, सर्जिकल गल्वस ६ सय पिस, पिपि सेट १० वटा, बुट पाँच पिस, फेस सिल्ड ३० पिस, पेट्रोल १ सय ५ लिटर्स, डिजेल १ सय ५ लिर्टस लगायतका सामग्री्र हस्तान्त्रण गरिएको हो ।


जिल्लामा कोभिड १९ बाट बच्नका लागि आधार नेपाल हुम्लाले स्वास्थ्य सेवा कार्यालय हुम्लालाई ३ लाख १८ हजार ९ सय रुपैयाँ बरावरको सामग्री सहयोग गरिएको लामाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।