नेभिगेशन
राष्ट्रिय

निषेधाज्ञाको मौका छोप्दै सामुदायीक वन फडानी बढ्यो

जिल्ला भरि निषेधाज्ञाको मौका पार्दै गाउँमा बनजङ्गल फडानी गर्ने र चोरी सिकारीको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय कोभिड १९ संकट व्यवस्थापन केन्द्र हुम्लाले वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरेपछि हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा रहेका सामुदायीक वनजङ्गलहरु फडानी गर्ने संख्या बढेको स्थानीयले बताएका छन् ।


निषेधाज्ञा गरेको मौका छोप्दै खार्पुनाथ गाउँपालिका वार्ड नम्वर ४ को नल्ना र छिप्रामा रहेको पानीमुल सामुदायीक वन चोरीमारि गरी फडानी गरेको खार्पुनाथ गाउँपालिका वार्ड नम्वर ४ नल्ना गाउँका स्थानीय टेकबहादुर शाहीले बताए । वन फडानीमा सोही गाउँपालिकाकै जनप्रतिनिधिहरुले आफ्ना आफन्तहरुलाई प्रयोग गरेको शाहीले आरोप लगाएका छन् ।


जिल्लामा निषेधाज्ञा भएको मौका छोपि खार्पुनाथ गाउँपालिका भित्रका स्थानीय वासीन्दाहरु लुकिछिपी गरेर आलो काठ दाउरा चोरी सिकारी लगायत बन फडानी गर्ने गरेको शाहीको भनाई छ । उनले भने पानीमुल बन उपभोक्ता समितिका कार्यसमितिका व्यक्तिहरुलाई यसरी बन फडानी गर्न नदिन आग्रह गर्दा पनि व्यवास्ता गरेको बताइएको छ ।


वेला वेलामा वनजङ्गल फडानी गरेपछि हाल बनजङ्गल नै सकिदा समेत उपभोक्ता समितिले भने सुनुवाई नगेरेको खुलसा भएको छ । त्यस्तै हुम्लाका अधिकांस बन क्षेत्रमा लुकिछिपी जंगल फडानी गर्ने र चोरी सिकारी गर्नेको संख्यामा वृद्धि भएको स्थानीयले बताएका छन् । 


वनजङ्गल फडानी हुन दिनका लागि विशेष भूमिका स्थानीय तहको रहेको र जिल्ला डिभिजन वन कार्यालयको पनि समन्वयमा नियन्त्रणका लागि पहल भई रहेको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख रेनुका न्यौपानेले प्रतिकृया दिइन् । “उनले भनिन्” सो कार्यालयका सामाजिक परिचालकहरु फिल्डतिर गएको र स्थानीय तहका जनप्रतिनिधिहरुसंग सहकार्य गर्दै गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।