नेभिगेशन
राष्ट्रिय

१५ वटा बङगुर मर्दा साढे सात लाख बरावरको क्षेती

स्थानीय स्तरमा उम्रिएको सिस्नो र आटोको खोल्या (फाँडो) पकाएर खुवाउँदा सदरमुकाम सिमकोट नजिकैको स्याप्ने खोलामा १५ वटा बङगुर मरेका छन् । जेठ १४ गते सिमकोट गाउँपालिका वार्ड नम्वर २ ठेहेका स्थानीय करण सुनारका सिस्नो र खोल्या (फाँडो) पकाएर खुवाउँदा घटना भएको हाे ।

नियमित रुपमा व्यवसायी गर्दै आएका सुनारका २० वटा बङगुर मध्य पाँच बङगुर विक्रि गरि सेकेको र बाँकी रहेका १५ वटा बङगुर पनि मरेर गएको बङगुर मालिक सुनारले बताए । ठूलो रकमको बङगुरमा घटना हुँदा हाल बङगुर बस्दै गरेको खोर रित्तो भएको छ । एक्कासी यत्रो संख्यामा बङगुर मरेपछि बङगुर मालिकले जेठ १५ गते सिमकोट गाउँपालिका पशु सेवा शाखा र प्रहरीलाई जानकारी गरिएको सुनारले बताए ।

सिमकोट गाउँपालिका वार्ड नम्वर ४ को स्याप्ने खोलामा पालन पोषण गर्दै आएका सुनारका १५ वटा बङगुर मरेपछि व्यवसाय संकटमा परेको सुनारले दुखेसो पोखे । सानो लगानीबाट व्यवसाय अंगाल्दै आएका सुनारको आर्थिक आम्दानी भने खस्किदो र ओरालो लाग्ने भएको दुःख व्यक्त गरेका छन् ।
विशेष गरेर गाउँ नजिकै खोतबारीमा पर्याप्त मात्रामा पाइने सिस्नो र आटो पकाएर खुवाउँदा सो बङगुर मरेको सुनारको भनाई छ ।

जेठ १४ गते शुक्रबार दिउसो आफ्नै बस्ने खोरमा बङगुर मरेपछि खार्पुनाथ प्रहरी चौकीले प्रहरी मुचुल्का समेत गरेको थियो । यतिखेर प्रति बंगुरको ४० देखि ५० हजारसम्म पर्ने गरेको छ । सवै गरेर करीव साढे सात लाख रुपैयाँ बरावरको लगानी क्षेती भएको स्थानीय सुनारले गुनासो गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।