नेभिगेशन
राष्ट्रिय

USA बाट जिल्ला अस्पताललाई २० लाख बराबरको कोभिड सामाग्री सहयोग

जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तर्गत रहेको जिल्ला अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक पर्ने उपकरण तथा कोभिड सामाग्री सहयोग गरिएको छ । हाल USA मा बस्दै आउनुभएका सिमकोट गाउँपालिका वडा ३ का तोर्पा गाउँका टेम्पा डुक्ती लामा आवद्ध रहेको ओल्मो लिङ बोन सेन्टर एण्ड इन्स्टिच्युट संस्थाले रु २० लाख मुल्य बराबरको विभिन्न कोभिड स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग गरेका छन् ।

जिल्ला अस्पताल हुम्लामा कार्यरत नर्स केसाङ लामाले कोभिड स्वास्थ्य सामाग्री पठाउन डुक्ती लामालाई माग गरेपछि सो संस्थाले सहयोग स्वरुप विदेशबाट पठाउनुभएको हो । यसले गर्दा कोभिड उपचारमा जिल्ला अस्पताललाई थप सहयोग पुग्ने भएको छ । हुम्लामा समेत दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्ट कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भएपछि उनिहरुको उपचार तथा आइशोलेसनमा आवश्यक पर्ने कोभिड स्वास्थ्य सामाग्री सहयोग गरीएको हो ।

USA बाट लामाले पठाउनुभएका १६ प्रकारका कोभिड स्वास्थ्य सामाग्री उपकरण जिल्ला अस्पतालका नर्स केसाङ लामाले जिल्ला अस्पतालका मे.सु तथा डाक्टर टासी आङजुक लामालाई हस्तान्तरण गर्नुभएको हो ।

समुदायमा फैलिएको कोरोना नियन्त्रण तथा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री तथा उपकरण सहयोग गरिएको नर्स लामाले बताईन् ।

रु २० लाख मुल्य बराबरको अक्सिजन, कन्सन्ट्रेटर, मोनिटर, एचडिउ बेड, एचएफ एनपि सेट , (HFNC) र आईशोलेसनमा बसी रहेका संक्रमितहरुका लागी चाहिले अतिआवश्यक सहित महत्वपूर्ण कोभिड सामाग्री सहयोग पाएको जिल्ला अस्पतालका डाक्टर लामाले बताए। USA बाट लामा महंगो तथा अति आवश्यक पर्ने कोभिड सामाग्री सहयोग गरेका छन् ।

सामग्री हस्तान्तरण गर्दै नर्स लामाले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्ने बताईन् । उनले स्वास्थ्य संस्थामा आवश्यक सामग्री आफुले USA मा रहेका लामालाई सहयोगको माग गरेको र सोही अनुसार आपुर्तिभएको जानकारी दिईन् । अब कोभिड लगायत अन्य सेवामा गुणस्तर बढाउन स्वास्थ्य संस्थालाई थप सहज भएको छ । डुक्टी लामाले जिल्ला अस्पताललाई सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह समेत गरेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।