नेभिगेशन
राष्ट्रिय

अग्रपङ्गतीमा खटिने स्वास्थ्यकर्मी जोखिममा, जिल्लाका तीन जना संक्रमित

विश्वलाई आक्रान्त पार्ने गरेर फैलिएको युके र इण्डियन भेरियन्टको कोरोना संक्रमणको त्रासले सबैलाई त्रसित बनाए पनि स्वास्थ्यकर्मीले भने ज्यान जोखिममा राखेर अग्र पंतीमा खटिनु परेको छ । घर, परिवार, इष्टमित्र, दिन रात नभनेर संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा तल्लीन स्वास्थ्यकर्मी आफै संक्रमणको शिकार हुनु परेको छ । कोरेना विद्धको लडाइमा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी मध्ये जिल्लाका तीनजना अहिले संक्रमित हुनु परेको छ ।

दोस्रो नयाँ भरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै नियन्त्रणको लागी अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीले जोखिम मोल्नु परेको छ । संक्रमणको दोश्रो लहर फैलिएपछि हुम्लामा तीन जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टिभएको छ भने एक जनालाई जिल्ला बाहिर समेत रिफर गरीएको छ । दक्षिण क्षेत्रमा परीक्षणको दायरालाई जति बढायो त्यति नै संक्रमितको संख्या बढ्दै गएको छ । आफूले ज्यान जोखिममा राखेर कोरोना विरुद्ध लड्नु परेपनि सरकार र सम्बन्धित निकायले चासो नदिंदा आफूहरुको मनोबल उच्च नरहेको सर्केगाड गाउँपालिकामा कार्यरत स्वयम् स्वास्थ्यकर्मी अहेब बबरजङ्ग पालले बताए ।

संक्रमित र अन्य बिरामीको उपचारमा जान जिल्लाका स्वास्थ्यकर्मीलाई न कोरोना संक्रमणबाट बच्ने भरपर्दा स्वास्थ्य उपकरण छन, न आवत जावत गर्न सहज नैं छ ।

मुगुसँगको सिमाना जोडिएको नाकामा सामान्य स्वास्थ्य सामाग्रीमा अग्रमोर्चामा जानु पर्दा आप्mनै ज्यानको बाजी राख्नुपरेको दुःखेसो चंखेली गाउँपालिकाका स्वास्थ्यकर्मी नरप्रसाद जैसिको छ ।

पैदल यात्रा भएर जिल्ला भित्री मुख्य दुईवटा नाका रहेको चंखेली गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले थप जोखिम मोलेर काम गर्नु परेको छ । सिमा नाकाको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले झन जोखिम मोलेर खटिनुपरेको स्वास्थ्यकर्मी जैसिले बताए ।

गाउँमा मात्रै होइन सदरमुकाम सिमकोटमै कार्यरत स्वास्थ्यहरुको अवस्था पनि पृथक छैन् । तीनै तहका सरकारले प्रदान गर्ने भनेको अतिरिक्त समयको भत्ता र आवश्यक स्वास्थ्य सावधानीका सामाग्री नहुँदा ज्यानलाई हत्केलामा राखेर काममा खट्नु परेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले बताए ।

गएको वैशाख १८ गते कोरोना संक्रमणको परिक्षण सँगै संक्रमित भेटिए यता चंखेली, सर्केगार्ड र खार्पुनाथ गाउँपालिकामा गरेर तीनजना स्वास्थ्यकर्मी संक्रमित भैसकेको सूचना अधिकारी फडेराले बताए ।

संक्रमित हुने सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई थप उपचारका लागि लाखौं खर्च गरेर जिल्ला बाहिर लिनु परेको छ ।

नागरिकको जीवन रक्षाका लागि अग्रपक्तिंमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीको मनोवल उचो राख्न नागरिक र जिम्मेवार निकालयले समयमै ध्यान दिने होइन भने आफू जलेर अरुलाई उज्यालो दिने मैनबत्तिका प्रतिक मानिने स्वास्थ्यकर्मीकै काम गर्ने इच्छाशक्तिमा कमि नआउला भन्न सकिन्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।