उपचारका लागि आर्थिक अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल वार्डमा हुम्लाको अदानचुलीका गाउँपालिका – ३ रोकायागाउँका १३ वर्षिय बालक अखिल दमाईले जीवन बचाई दिन आग्रह गरेका छन् ।
घाँटीमा समस्या आएपछि हुम्लाबाट तीन दिनको पैदल हिडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका ६ कक्षामा अध्ययनरत बालक अहिले मृत्युको मुखमा पुगेका छन् । उपचारका लागी प्रतिष्ठानमा पुगेका बालक दमाईले रुँदै भने , मलाई डर लागेको छ म बाच्न चाहन्छु, मेरो बुवा जागीर हुनुहुन्न घरमा आर्थिक अवस्था कम छ, हामी गरीब छौ, यसरी बालकले पिडादाय भावमा बाच्न चाहेको बताए ।, मलाई सहयोग गर्ने मेरो मान्छे आर्थिक पहुँच भएको धनी र ठुलो मान्छे कोही छैनन् ।” फेरी बालकले भने, हामी तल्लो जातका दमाई भएकाले आर्थिक संकटले थप उपचारका लागी बुवाले मलाई जुम्लाबाट अन्त ठाउँमालिन सक्नुभएको छैन्, म बाँच्न चाहन्छु ।
विरामी बालक र उनका बाबु जाड दमाइले सबैसँग आर्थिक सहयोग गरिन दिन आग्रह गरेका छन् । अखिललाई घाँटीको क्यान्सर भएपछि थप उपचारका लागि चितवन र काठमाडौं लिन रिफर गरिएको छ । तर एम्बुलेन्सको भाडा समेत आफूसँग नभएपछि उनका बुवाले आर्थिक सहयोगको आग्रह गरेका छन् ।
आर्थिक अभावले क्यान्सर पिडीत १३ वर्षिय बालक मृत्युको मुखमा पुगेका छन् । क्यान्सर पीडित दमाई बालकलाई आर्थिक संकटले थप उपचारमा समस्या परेको छ ।
जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्धारा क्यान्सर रोगको प्रमाणित गरेर थप उपचारका लागि काठमाडौं अथवा चितवन जानु पर्ने चिकित्सकले सुझाव दिएपछि आर्थिक समस्या भएको छ । तर आफुसँग आर्थिक स्थिती कमजोर भएका कारण उपचार गर्न संकट परेको उनका बुवा जाड दमाईले बताए।
हाल प्रतिष्ठानमा उपचाररत दमाईलाई थप उपचारका लागि आर्थिक संकट निम्तिएको बुवा जाड दमाईले गुनासो गर्दै रेडियो कर्णाली आवाजलाई बताए । उनले भने , “घरपरिवारको अवस्था कमजोर छ , विहान बेलुका हातमुख जोड्न समेत धौधौ छ, रेडियो कर्णाली आवाजसँग भने , अव छोराको उपचार गर्न संकट परेको दुखेसो गर्दै छोराको उपचारको लागि हारगुहार गरिरहनु परेको छ । ”
जुम्लामा रहेका प्रतिष्ठानका उपचारमा संलग्न स्वास्थ्यकर्मीले रु सातदेखि आठ सम्म जुटाउन सक्नुभयो भने छोरा बाँच्न सक्ने नत्र नसकिने जानकारी दिएपछि थप चिन्तीत र एक्लो छोरा गुमाउछु भन्ने चिन्ताले पिरोली रहेको बुवाले बताए ।
बुवा दमाईले दुः खको गुनासो सुनाउँदै भन्नुभयो , दिनभर अर्काको खेत जोत्न हली गएर बेलुका एक माना चालम ल्याए खाने मान्छे, कसरी यत्रो ठुलो रकम जुटाउन सक्छु, तपाई सबै सहयोगी मनहरुले सहयोग गरीदिन आग्रह गदर्छु । न त रोजगारी छ, नत जागिर नै, खलो,मुठो मागेर खाने मान्छेका परिवार विरामी हुँदा बचाउन नसकिने रहेको छ, उनले गुनासो गर्दै भने ।
क्यान्सर उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन वा काठमाडौ पुग्नु पर्छ । आफुहरुलाई अस्पतालसम्म जाने भाडा समेत नभएको र आर्थिक अवस्था निकै कमजोर भएको गुनासो गरे ।
आफ्नो क्यान्सर रोगबाट पिडीत छोरालाई सहयोग गर्न चाहने मनकारी व्यक्तित्वहरुले सहयोग गर्न चाहेमा क्यान्सर पीडित बालकका बुवाको मोबाइल नम्बर ९८६४९०५५२६ मा सम्पर्क गरी आवश्यक सहयोग गर्न सकिन्छ । सिधै बैंक खातामा सहयोग गर्न चाहनेले अखिल दमाईको बुवा जाड दमाईको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको ग्लोवल आइएमइ बैंकको खाता नम्बर T207010000406 मा रकम जम्मा गर्न सकिन्छ ।
१३ वर्षीय बालक दमाईको उपचारमा सहयोग पुर्याउनका लागि विभिन्न ठाउँबाट असहले सम्म रु २५ हजार सम्मको रकम जुटेको छ ।