नेभिगेशन
राष्ट्रिय

२८ सामूदायिक क्याम्पस एमयुका आँगिक क्याम्पस हुने

१० भदौ । कर्णाली प्रदेशको एकमात्रै विश्व विद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न चरणमा गरी प्रदेश अन्तरगतका २८ क्याम्पसलाई आँगिक बनाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विश्व विद्यालय सभाको आठौं बैठकले प्रकृयामा रहेका १० क्याम्पसलाई तत्काल आँगिक बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र तथा हाल कर्णाली र प्रदेश ५ भित्र पर्ने विभिन्न १० क्याम्पसलाई २०७५ भदौ ११ गते सोमबारदेखि लागू हुनेगरी आँगिक बनाउने प्रस्ताब स्वीकृत गर्ने निर्णय गरेको हो ।

सभाको बैठकले थप १० क्याम्पसलाई आँगिक बनाउने प्रकृयामा लैजान सैद्धान्तिक सहमति दिएको छ । यसअघि सुर्खेतमा सम्पन्न सातौं बैठकले विभिन्न ८ क्याम्पसलाई आँगिक बनाउने प्रकृया अघि बढाउन निर्देशन दिएको थियो ।

पहिलो चरणमा बैठकले आँगिक क्याम्पसको रुपमा समायोजन हुनेमा बागेश्वरी बहुमुखी क्याम्पस बाँके, बबई बहुमुखी क्याम्पस बर्दिया, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम, भेरी ज्ञनोदय क्याम्पस जाजरकोट, भेरी शिक्षा क्याम्पस सुर्खेत, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत, नारायण क्याम्पस दैलेख, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, रारा बहुमुखी क्याम्पस मुगु र जलजला बहुमुखी क्याम्पस, रोल्पा छन ।

यस्तै, आँगिक बनाउन सभामा प्रस्ताव गरिएका क्याम्पसहरुमा चामुण्डा क्याम्पस दैलेख, कोटदेवल जनआर्दश क्याम्पस दैलेख, गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत, रेसुंगा बहुमुखी क्याम्पस, गुल्मी, पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची, सिंजा बहुमुखी क्याम्पस, जुम्ला, सिद्धार्थ बहुमुखी क्याम्पस कपिलवस्तु, शहिद नारायण पोखरेल रामापुर क्याम्पस, रुपेन्देही, शितल क्याम्पस चौरजहारी लगायत छन ।

विश्वविद्यालय सभाले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड ६५ लाख ५१ हजार ३३९ रुपैयाँको बजेट पनि पारित गरेको छ । सिनेटले पारित गरेको बजेटमा पूँजिगततर्फ ४९ करोड ३४ लाख र सञ्चालनतर्फ ६४ करोड ८१ लाख ५१ हजार ३३९ रुपैयाँ रहेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहदुर केसीले जानकारी दिए ।

सभाकोे बठकले विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनिक नियमावलीको तेस्रो संशोधन प्रस्ताव पनि स्वीकृत गरेको छ । एमयुलाई केन्द्रीय विश्वविद्यालयको रुपमा राख्नुपर्ने प्रस्ताव भने उच्चस्तरीय शिक्षा आयोगमा विचाराधीन भएको भन्दै सभामा कुनै छलफल हुन सकेन ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्र बनाउन आग्रह गरेका छन । उनले मुलुकलाई आवश्यकता पर्ने जनशक्ति उत्पादन गर्न तथा शैक्षिक गुणस्तरमा विशेष ध्यान दिन पनि विश्वविद्यालय पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सभामा शिक्षा मन्त्री तथा सहकुलपति गिरीराजमणि पोखरेल, उपकुलपति उपेन्द्र कुमार कोइराला लगायत विश्वविद्यालयका पदाधिकारी एवं सुर्खेतबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको व्यस्तताका कारण सिनेट काठमाडौंमै आयोजना गर्नु परेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको आँगिक क्याम्पसको रुपमा रहेको सुर्खेत क्याम्पस (शिक्षा) तथा वीरेन्द्रनगर बहुमुखी क्याम्पस तथा पब्लिक साइन्स क्याम्पसलाई आधार क्याम्पस मानी २०६७ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना भएको थियो ।

ऐनमा व्यवस्था भएतापनि सुर्खेत क्याम्पस (शिक्षा) हालसम्म एमयुमा समायोजन हुन सकेको छैन ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।