नेभिगेशन
राष्ट्रिय

हुम्लामा निषेधाज्ञा थप, उत्तरी नाम्खाको लिमीमा लकडाउन खुलाईयो

हुम्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसि) हुम्लाको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

असार नजिकिएसँगै जिल्लामा यस अघि कडाई गरीएको निषेधाज्ञालाई केही खुकुलो बनाइने भएको छ । जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु ( तरकारी,खाद्य,दुध,ग्यास ) आदिका पसलहरु विहान ठिक ७ बजेदेखि विहान १० बजे तीन घण्टासम्म खाद्यान्न खरिद, विक्री गर्न दिने भएको प्रजिअ आचार्यले बताए ।

बैंक तथा वित्तीय संस्थालाई भने १० बजेदेखि २ बजेसम्म खुला रहन दिइने भएको छ । यस्तै सरकारी तथा सार्वजनिक कार्यालयहरुले २५ प्रतिशत सम्म कर्मचारी प्रयोग गरी स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्डहरु अवलम्वन गरेर सञ्चालन गर्न पाउने भएका छन् । बैठकले आज राती देखि यही असार २ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

नाम्खामा लकडाउन खुलाइयो
यस्तै जिललाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीमा आजबाट लकडाउन खुल्ला गरीएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असारमसान्त नजिकीएसँगै कामको चाप बढी हुनेभएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीलाई आजबाट वडा नम्बर ६ लिमी प्रवेश गर्न पाइने भएको छ ।

तील, जाङ, हल्जी गाउँका अगुवाहरुको उपस्थितमा कर्मचारीलाई प्रवेश गर्न दिइने भएको छ भने अन्य भ्रमणमा आउने आन्तरीक पर्यटकलाई प्रवेशमा निषेध अथावत नै रहने भएको लिमी स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताए ।

वडा नम्बर ६ मा कार्यरत कर्मचारीलाई तल खुवाउनु पर्ने र विभिन्न योजनाहरुको काम गर्नुपर्ने भएका कारण अन्यलाई नागरीकलाई प्रवेश गर्न नदिइने भएको भएपनि कर्मचारीलाई प्रवेशमा आजबाट खुल्ला गरीएको निमित्त कार्यालय प्रमुख बोहराले जानकारी दिए ।

यस्तै खार्पुनाथ गाउँपालिकाको वडा नम्बर पाँचमा रहेको बाम्टामा समेत शिल खोलिएको छ । केही दिन अगाडी बाम्टामा परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको थियो उनीहरुलाई आज पुन परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आएपछि शिल खोलिएको बताइएको छ । अब बाम्टामा वडा नम्बर पाँचका स्थानीय आवतजावत गर्न पाउने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।