नेभिगेशन
राष्ट्रिय

७० वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग

हुम्ली सेवा समाज नेपालगंजद्धारा हुम्ला जिल्लाका ७० वटा स्वास्थ्य संस्थाहरुलाई कोभिड १९ का सामग्री सहयोग गरेको छ । जिल्ला बाहिर नेपालगञ्जमा बस्दै आएका हुम्ली सेवा समाजमा आवद्ध करीव १४ जनाको संयुक्त आर्थिक सहयोगमा स्वास्थ्य जिल्लाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई सामग्री सहयोग गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर बोहराले जानकारी दिए ।

विश्वव्यापी महामारिको रुपमा फैलिएको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संक्रमण दिनानु दिन तिव्र गतिमा फैलिरहेको अवस्थामा हिमाली जिल्ला हुम्लाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई उक्त सामग्री सहयोग गरिएको नेपालगञ्जमा बसोबास गर्दै आएका सिमकोट गाउँपालिका वार्ड नम्वर ५ का जीवन बोहराले बताए ।हुम्लामा भौतिक पूर्वधार, स्रोत साधन र जनशक्तिको अभाव लगायतका विभिन्न प्रतिकुल अवस्था र महामारिको विषम परिस्थितीलाई मध्य नजर गर्दै थोरै भए पनि केही सहज होस भन्ने उदेश्यका साथ हुम्ली सेवा समाजले उक्त सामग्री सहयोग गरेको हो ।

जिल्लाका सिमकोट, नाम्खा, खार्पुनाथ र सर्केगाड गाउँपालिका स्वास्थ्य संस्थाहरुका लागि हवाइ जहाज मार्फत जिल्लामा आपुर्ति भएको छ भने ताँजाकोट, अदानचुलि र चंखेली गाउँपालिकाहरुका लागि पैदल मार्ग हुँदै जिल्लामा उपलव्ध हुने संयोजक बोहराको भनाई छ । संयोजक बोहराका अनुसार जेठ २६ गते हवाई जहाज मार्फत आपुर्ति भएको स्वास्थ्य सामग्री सिमकोट गाउँपालिका वार्ड नम्वर ६ को वडा कार्यालयबाटै सिमकोट गाउँपालिका अन्तरगतका ठेहे, बरगाउँ, स्याँडा, खोल्सी, लगायतका स्वास्थ्य संस्थाहरुमा वितरण गरिएको थियो ।

त्यस्तै सर्केगाड गाउँपालिका र जिल्ला अस्पताललाई पनि सोही दिन उक्त सामग्री हस्तान्त्रण गरिएको संयोजक बोहराले बताए । सहयोग गरिएका सामग्री मध्ये प्रति स्वास्थ्य संस्थालाई एक थान पल्स अक्सिमिटर, एक थान डिजिटल थर्मो मिटर र ५ सय पिस सर्जिकल मास्क उपलव्ध गरिएको थियो । जिल्लामा कोभिड १९ को भयावह भएको अवस्थामा नेपालगञ्माबाट उक्त सामग्री जिल्लामा पठाएकोमा जिल्ला अस्पताल तथा सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले सहयोगी व्यक्तिहरुलाई धन्यबाद समेत दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।