नेभिगेशन
राष्ट्रिय

दुबै खुट्टा भाँचिएका टुहुरा बालकलाई उपचारका लागी आार्थिक अभाव

सिमकोट गाउँपालिका वडा ७ का एकजना बालकको माटो खन्ने क्रममा दुबै खुट्टा भाचिएर घाइते भएका छन् भने उपचारका लागी आर्थिक अभावका साथै समस्या निम्तीएको छ ।

केही दिन अगाडी वडा ७ जबुका गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मत गरेर घरको लागी प्रयोग गरीने माटो खन्न गएका बालकको खुट्टा भाचिएर हड्डि बाहिर निस्किएका छन् । घाइते बालकलाई उपचारका लागी जिल्ला अस्पताल सिमकोटमा ल्याएको भएपनि यहाँ उपचार हुन नसक्ने भएका जिल्ला बाहिर रिफर गरीएको भएपनि थप उपचारका लागी जिल्ला बाहिर लिनको लागी घरको आर्थिक अवस्था कम्जोर भएको छ ।

घाइते बालकका बुवाको केही वर्ष अगाडी नै निधन भएको छ भने आमाले अर्कासँग विवाह गरेका कारण जिल्ला बाहिर थप उपचारका लागी लिन सहयोग गर्ने कोही नभएको र घरको आर्थिक अवस्था कम्जोर भएको गुनासो गरेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

दुबै खुटट भाचिएर हड्डी बाहिर निस्किएका कारण जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने साधन नभएकाले रिफर गरीएको अनमी बोहराले बताउनुभयो । घाइते बालकको घरमा एक जना दिदि भएको भएपनि आर्थिक अवस्था कम्जोर रहेको छ ।

घरमा कमाइ गर्ने मान्छे कोही नभएको र घाइते बालक अर्काको घरमा बस्दै आएको समेत बताइएको छ । घाइते बालक शाहीलाई उपचारका जिल्ला बाहिर लिने आर्थिक नभएका कारण घरमा लिने भएको गुनासो उनका आफन्त गरेका छन् ।

बालक बाशीलाई उपचारका लागी आजै जिल्ला प्रहरी कार्यालय हुम्लाको समयन्वयमा गाडी लिएर जबुका गाउँबाट उपचारका लागी जिल्ला अस्पताल सिमकोटमा ल्याइएको भएपनि घरमा आर्थिक अवस्था कम्जोर भएका कारण थप उपचार हुन नसक्ने अवस्था रहेको स्थानीय बिर बहादुर सिंहले बताउनुभयो ।

जबुका गाउँभन्दा २० मिटर टाढाको क्षेत्रमा माटो खन्ने क्रममा ढुंगा लागेर घाइते भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।