नेभिगेशन
राष्ट्रिय

आलुले वजार नपाएको कृषकको गुनासो

जिल्लामा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि वजार नपाएको कृषकहरुको गुनासो छ । स्थानीय स्तरमा पर्याप्त मात्रामा आलु उत्पादन गरिए पनि उक्त आलुले बजार नपाएको स्थानीय कृषकहरुले बताए । पछिल्लो समय गत वैशाख २२ गतेदेखि जिल्लामा निषेधाज्ञ लागु भएयता गाउँका कृषकहरुले आलु विक्रिका लागि बजार नपाउँदा अत्पादनमै सिमित छ ।

सिमकोट गाउँपालिका वार्ड नम्वर ७ डाँडाफयाका स्थानीय जुनकला शाहीले भने जस्तै यो शिजनमा आलु उत्पादनका लागि धेरै महेनत गरियो तर निषेधाज्ञाले जिल्ला सदरमुकाम सिमकोटसम्म गएर आलु विक्रि गर्न नपाएपछि घरमै थुपार्नु बाहेक अन्य विकल्प नभएको भनाई छ ।

गएका वर्षहरुमा सदरमुकाम सिमकोटसम्म पुराएर विक्रि गर्ने गरिन्थ्यो भने यो वर्ष कोभड १९ का कारण कतै पनि लिन नपाएर घरमै कुवाएर राख्नु परेको समस्या कृषक शाहीले बताइन् । जिल्लामा नयाँ उत्पादन गरिएको आलुको मल्य १ सय ५० रुपैयाँ पर्दछ ।

तर यो वर्ष आलुनै विक्रि गर्न नपाएपछि अन्य घर्याइसी सामग्री किनेर खान नपाउँदा दुखित हुनु परेको छ । गाउँमा आलु विक्रि हुँदैन बजार लैजदा निषेधाज्ञा गरिएको छ । कृषक शाहीले भनिन्, अन्य कमाइ गर्ने विकल्प नभएपछि घरपरिवारका लागि दैनिक गुजारा गर्नलाई कठिनाई छ । त्यस्तै अन्य गाउँपालिकामा पनि आलुले बजार नपाएको भन्दै स्थानीय कृषकहरु समस्या झेल्दै आएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।